• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

तिरहुतमा कुटपीटबाट युवा जयकृष्ण विराजीको मृत्यु

तिरहुतमा कुटपीटबाट युवा जयकृष्ण विराजीको मृत्यु

राजविराज, ११ असार । सप्तरीको तिरहुत गाउँपालिका वडा नम्वर– ३ पिप्राहीका एक युवाको बुधवार कुटपीटबाट मृत्यु भएको छ ।
उपेन्द्र प्रसाद यादवका २५ वर्षिय छोरा जयकृष्ण विराजी यादवको उपचारको क्रममा मृत्यु भएको हो । राजविराज नगरपालिका वडा नम्वर–७ मा अपरिचित व्यक्तिहरुले कुटपीट गरी घाईते बनाएको भन्ने सूचना प्राप्त हुनासाथ उपचारको लागि तत्काल राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल भर्ना गरिएको थियो । थप उपचारकोलागि बिराटनगर स्थित नोबेल अस्पतालमा बुधवार १२.३० बजेको समयमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उक्त घटना संलग्न व्यक्तिहरुको खोजतलास भईरहेको तथा सुक्ष्म अनुसन्धान समेत जारी रहेको जनाईएको छ ।