Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

प्रदेश सरकार सामाजिक रुपान्तरणको चरणमा प्रदेश सरकारः मुख्यमन्त्री राउत

प्रदेश सरकार सामाजिक रुपान्तरणको चरणमा प्रदेश सरकारः मुख्यमन्त्री राउत
Bwtech New Add With Software & Bull SMS

जनकपुरधाम, ११ असार । प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार सामाजिक रुपान्तरणको महत्वपूर्ण चरणमा प्रवेश गरेको बताएका छन् ।
मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत महिलाकोलागि शुरु गरिएको लोकसेवा तयारी कक्षाको उद्घाटन गर्दै उनले समाजिक रुपान्तरणलाई पहिलो प्राथमिकतामा राखेर अघि बढेको बताए । महिलाहरु सशक्त नभएसम्म समाजिक रुपान्तरण सम्भव नहुने र समाजिक रुपान्तरण नभएसम्म प्रदेश समृद्ध नहुने यथार्थलाई बुझ्दै प्रदेश सरकारले सरकारी सेवामा महिलाहरुको पहुँचलाई सुनिश्चित गर्न लोकसेवा तयारी कक्षा सञ्चालन गरेको जानकारी दिए ।
प्रदेश सरकारले महिलाहरुको सशक्तिकरणकोलागि बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत छोरी शिक्षा विमा, साइकल वितरण, सामुदायिक विद्यालयहरुमा छात्रामैत्री शौचालयको निर्माण जस्ता कार्यक्रमहरु अघि सारेको बताए । छोरीहरुलाई शिक्षित बनाउने मात्र नभई सरकारी सेवामा समेत पहुँच बढाउन प्रदेश प्रहरी र निजामति सेवामा ५० प्रतिशतको आरक्षण गर्ने देशकै पहिलो प्रदेश बनेको उल्लेख गरे ।
राजर्षि जनक क्याम्पसका प्रमुख धर्मेन्द्र झाको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, मुख्य सचिव दिपक सुवेदी सहितका वक्ताहरुले सम्बोधन गरे । कौटिल्य इन्स्टिच्युटसँगको सहकार्यमा प्रदेश सरकारले पहिलो चरणमा एक सय एक जना महिलालाई लोकसेवाको तयारी गराउन लागेको छ ।

Online Saptari

About The Author

%d bloggers like this: