Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

रामकृष्णचार्यजी महाराजको पद स्थापना

रामकृष्णचार्यजी महाराजको पद स्थापना
Bwtech New Add With Software & Bull SMS

जनकपुरधाम, ११ असार । रामानन्दी सम्प्रदायको पहिलो पीठाधीशमा चतराधामका अनन्त विभूषित १००८ मज्जगदरगुरु रामानन्दाचार्यलाई स्वामी मज्जगदरगुरु रामकृष्णचार्यजी महाराजको पद स्थापना गरी सम्मान गरिएको छ ।
जनकपुरधाममा बुधबार आयोजित एक कार्यक्रमकाबीच रामानन्दीय सम्प्रदायको प्रथम गुरुलाई सम्मान गरिएको हो । जनकपुरको जानकी मन्दिरमा आयोजित सम्मान कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले आजको दिन पुण्यदिन रहेको चर्चा गर्दै आजैदेखि यस क्षेत्रमा मनसुन सुरु भएकोले यो शुभ लक्षण रहेको बताए । उनले रामानन्दिय सम्प्रदायद्वारा हरित क्रान्तिको सुरुवात हुनुपर्ने बताउँदै यस क्षेत्रलाई हरित प्रदेशको रुपमा विकास गर्न रामानन्दी सम्प्रदायको महत्वपूर्ण भूमिका हुनुपर्नेमा जोड दिए । हिन्दू सनातन धर्मको लागि यस रामानन्दी सम्प्रदायको प्रमुख व्यक्तिको रुपमा मज्जगदरगुरु श्री रामकृष्णचार्य महाराजले जिम्मेवारी सम्हालेकोमा शुभकामना दिँदै उनले धर्म र संस्कृतिको रक्षार्थ राम्रो कार्य हुने विश्वास व्यक्त गरे ।
सन्त राम भजन दासको अध्यक्षतामा आयोजित सम्मान कार्यक्रममा विश्व हिन्दु संघका भूषण मिश्रले धर्म र साधुप्रति सधै अन्याय भएको र अब रामानन्दी सम्प्रदायले अभिभावक पाएकोले गर्दा आउने दिनमा सबै प्रकारको समस्याको डटेर सामना गर्ने अनुभूति भएको बताए ।
कार्यक्रममा सामाजिक विकास मन्त्री नवल किशोर साहले यहाँ जनकपुरमा थुप्रै मठ मन्दिरको जग्गा अतिक्रमण भएकोले संरक्षण गर्न सरकार लागि परेको बताए । सरकारले जमिनको खोजी र व्यवस्थापन गर्न कानून निर्माण गर्न लागेको जानकारी दिए ।
मटिहानी मठका महन्थ जगन्नाथ दास वैष्णवले आफुहरुले सम्प्रदायको अभिभावक पाएकोमा खुशी व्यक्त गर्दै साधुसन्तहरु एक जुट भएर अगाडि बढ्न आग्रह गरे । जानकी मन्दिर महन्थ राम तपेश्वर दास वैष्णबले नेपाल सरकारले धर्मप्रति अनादर भाव देखाएको भन्दै आक्रोश व्यक्त गरे । महन्थ दासले जनकपुरमा रहेको सैकडो मन्दिरहरुको अवस्था दयनीय रहेको बताए ।
जनकपुरमा रहेको जिल्ला प्रशासन कार्यालयपनि मन्दिरको स्थानलाई कब्जा गरेर बनाइएको र जनकपुरमा रहेको थुप्रै मन्दिरका मुर्तिहरु समेत नेपाल सरकारकै जिम्मेवार निकायद्वारा गायव गराएको उनले आरोप लगाए । धर्म र सांस्कृतिको रक्षा गर्न संविधानमै व्यवस्था हुनुपर्ने माग गरे ।
सम्मान कार्यक्रममा साधुसन्त महात्माहरुको जानकी मन्दिर प्राङ्गणमा व्यापक उपस्थिति थियो । कार्यक्रम सञ्चालन जानकी मन्दिरका छोटे महन्थ रामरोशन दास वैष्णबले गरे ।

Online Saptari

About The Author

%d bloggers like this: