• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

हेल्प मधेशीद्वारा दृष्टिविहीन परिवारलाई सहयोग

हेल्प मधेशीद्वारा दृष्टिविहीन परिवारलाई सहयोग

राजविराज, ९ असार । हेल्प मधेशी साउदी अरबद्वारा सप्तरीको गम्हरिया–प्रवाहाका दृष्टिविहिन शम्भु मण्डलको परिवारलाई सोमवार सहयोग उपलब्ध गराईएको छ ।
शम्भुसहित ६ जना नै दृष्टिविहीन रहेकोले उनीहरुलाई नगदसहित खाद्यान्न सामग्री उपलब्ध गराईएको हो । दृष्टिविहीन परिवारलाईचामल ७ क्वीन्टल, दाल ८० किलो, चिउरा ६ किलो, मुरही ३ बोरा, चिनी १५ किलो, खाने तेल १५ लिटर, नुन १५ किलो, लुगाधुने र नुहाउने साबुन १८/१८ ओटा, नगद ६ हजार समेत उपलब्ध गराएको हेल्प मधेशी नेपालका अध्यक्ष रामउद्गार यादवले जानकारी दिएका छन् ।
कार्यक्रममा हेल्प मधेशी साउदी अरबका अध्यक्ष कमलदेव साह, केन्द्रीय सदस्य नरेश मण्डल, वडा अध्यक्ष उमेश कुमार यादव, हास्य कलाकारण भूपेन्द्र कुमार मण्डल, जिल्ला अध्यक्ष रिना झा, संयोजक प्रकाश शर्मालगायतले उक्त सामग्री दृष्टिविहीन परिवारलाई हस्तान्तरण गरेका छन् । हेल्प मधेशीले आपत–विपतमा परेका, मधेश आन्दोलनका घाइते, विभिन्न घटनाका पीडित, गरिव एवम् विपन्नलाई सहयोग उपलब्ध गराउँदैआएको छ ।