Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

प्रदेश २ सरकारको भैंसी वितरण कार्यक्रम : राहत कि आहत?

‘३ वर्षसम्म कुनै पनि हालतमा विक्रि गर्नुपर्ने अवस्था नआओस्, हाम्रो निगरानी हमेसा रहन्छ’
प्रदेश २ सरकारको भैंसी वितरण कार्यक्रम : राहत कि आहत?
Bwtech New Add With Software & Bull SMS

विद्यानन्द राम
राजविराज, ८ असार । मधेश आन्दोलनका शहिद तथा घाइते परिवारलाई राहत तथा आयआर्जनमा मद्दत पुर्याउने उद्देश्यले प्रदेश २ सरकारले दुहुनो भैंसी वितरण कार्य थाले ।
पहिलो चरण अन्तर्गत सप्तरीको राजविराज नगरपालिका–९, मलेठमा आइतवार आयोजना गरिएको ‘शहिद तथा घाइते परिवारलाई दुधारु भैंसी वितरण कार्यक्रम’ मा २० परिवारलाई भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले भैंसी वितरण गरे ।
भूमि व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयको आर्थिक सहयोगमा भैंसी पाएपछि केहि शहिद तथा घाइते परिवारले प्रदेश सरकारको प्रशन्सा गर्दै खुशी व्यक्त गरे । तर, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहका शहिद राजेन्द्र राउत ‘राजीव’ की पत्नी २७ वर्षीया लिलमदेवी राउतको मुहारमा भने खुशी थिएन् । ‘दुहुनो भैंसी त पाए, तर के गरी राख्ने भने चिन्ता बढ्यो’ उनले भनिन्–‘म र मेरा ६ र साढे ४ वर्षका दुई सन्तान छन् ।’

                                                                                     शहिद पत्नी लिलम राउत । तस्विर : न्यूज टुडे

बालबच्चाको रेखदेखदेखि पठनपाठनसम्म एकलैले गर्दै आएकोले भैंसी पाएपछि राहतभन्दा आहत थपिने उनको भनाई छ । गाउँमा घाँस र खाली जग्गाको अभाव छ नै, त्यसमाथि म एकलै भएपछि दुध विक्री गरेर आयआर्जन गर्ने कुरा त परै जाओस्, भैंसीको व्यवस्थापन कसरी गर्ने भन्ने पिर लागेको उनले दुखेसो गरिन् । हुन् त लिलमदेवीको परिवारमा सासु, ससुरा, जेठान र जेठाजु पनि छन् ।
तर, जेठान जेनार राउत अमिन रहेकोले जेठाजु राधादेवीसहित इटहरीमै बस्दै आएका छन् । बाँकी ससुरा ५५ वर्षीय भिम राउत र ५० वर्षीया मधिरादेवीको बसोवास अलगै रहेको उनले बताइन् । स्थानीय रोयल बोडिङ्ग स्कुलमा एलकेजीमा अध्ययरत ६ वर्षका आर्यन र नर्सरीमा अध्ययरत साढे ४ वर्षकी आरतीकुमारीलाई रेखदेख तथा राम्रो शिक्षादिक्षा दिलाउने कार्यमा नै आफ्नो पनि दिनचर्या वित्ने गरेको उनले बताइन् । ‘पतिको सपना थियो, ठुलो केरा व्यवसायी बनेर छोराछोरीलाई ठुलो मान्छे बनाउँछु’ उनले थपिन्–‘ती सपना पनि आफ्नै जिम्मामा आएको छ, खै पुरा हुन्छ कि हुदैन्?’
लिलमदेवीले राहतको प्रत्याभुति गराउन भैंसी दिनुभन्दा पनि आफु जस्तालाई कुनै स्थायी जागिर लगाईदिनुपर्ने माग गरिन् । ‘आफ्नो मात्रै कुरा भएको भए जसरी पनि जीवन चलाउथे, तर आफैसँग बालबच्चाको भविष्य पनि जोडिएको छ’ उनले भनिन्–‘बालबच्चाको भविष्यलाई मध्यनजर गरेर योजना ल्याउन प्रदेश सरकारलाई आग्रह छ ।’
०७२ साल भदौ १ गते प्रहरी र आन्दोलनरत मधेशीबीच भएको झडपमा प्रहरीको गोली लागेर राउतको मृत्यु भएको थियो ।
‘विक्रि गर्न पाउँदैन’
प्रदेश सरकारको आर्थिक सहयोगमा वितरण गरिएको दुहुनो भैंसी शहिद तथा घाइते परिवारले विक्रि गर्न नपाउने भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले बताए ।
भैंसी वितरण कार्यक्रममा बोल्दै उनले मधेश आन्दोलनका शहिद तथा घाइते परिवारलाई जीविकोपार्जनमा सहयोग पुग्ने उद्देश्यले भैंसी वितरण गरिएको उनले बताए । ‘३ वर्षसम्म कुनै पनि हालतमा विक्रि गर्नुपर्ने अवस्था नआओस्, हाम्रो निगरानी हमेसा रहन्छ’ उनले भने–‘सप्तरी जिल्लाभरिका ३४ शदिह तथा घाइते परिवारलाई पाडापाडी गरी ६८ वटा भैसी वितरण गरिएको छ ।’
प्रत्येक भैंसीले कम्तिमा पनि पाँच लिटर दुध दिनुपर्ने भन्दै मन्त्री साहले नदिएको खण्डको सिधै प्रदेश सरकारलाई गुनासो गर्न आह्वान समेत गरे । ‘शहिदहरुकै योग्दानले मुलुकमा संघीयता आएकोले उहाँहरुको परिवारको आर्थिक अवस्थामा राहत ल्याउने हिसाबले प्रदेश सरकार अघि बढेको छ’ उनले थपे–‘उहाँहरुको परिवारलाई राहत महसूस गराउन अन्य योजना पनि ल्याउने प्रदेश सरकार प्रतिवद्ध छ ।’


कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयका सचिव तेजनारायण झाले भैंसी वितरण कार्यक्रम अन्तर्गत प्रदेशभरिका ८ वटै जिल्लाका १ सय २२ परिवारलाई दुधारु भैंसी वितरण गर्ने जानकारी दिए । भैंसीसँगै गोठ सुधारकालागि ३०÷३० हजार रुपैयाँ पनि प्रदेश सरकारले उपलब्ध गराइरहेको उनले बताए ।
सचिव झाकै अध्यक्षतामा भएको कार्यक्रम जिल्ला समन्वय समिती सप्तरीका संयोजक प्रभाकर यादव, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष शतिशकुमार सिंह लगायत राजनितिक दलका कार्यकर्ताहरुको उपस्थिति थियो । समाजवादी पार्टी नेपालका युवा नेता लक्ष्मण यादवले सञ्चालन गरेको कार्यक्रममा स्वागत मनव्य वडा नं. १० का वडाध्यक्ष शम्भुप्रसाद यादव ‘लाली’ ले दिएका थिए ।

Online Saptari

About The Author

%d bloggers like this: