Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

प्रधानाध्यापक यादवमाथि विद्यालयमै दुव्र्यवहार

अनिश्चितकालकालागि पठन–पाठन ठप्प
प्रधानाध्यापक यादवमाथि विद्यालयमै दुव्र्यवहार

राजविराज, ६ असार । सप्तरीको विष्णुपुर गाउँपालिका–१ खुरहुरिया स्थित जनता माध्यमिक विद्यालयको पठन–पाठन अनिश्चितकालकालागि ठप्प भएको छ ।
विद्यालयका प्रधानाध्यापक सूर्यनारायण यादवमाथि विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष दिलिप कुमार यादव लगायतले दुव्र्यवहार गरेको विरोधमा पठन–पाठन अवरुद्ध गरिएको हो । दुव्र्यवहारको भत्र्सना गर्दै शिक्षकहरुले न्याय नपाएसम्मकालागि विद्यालय बन्द गर्ने निर्णय गरेपछि पठनपाठन ठप्प भएको छ । त्यस क्षेत्रको विभिन्न गाउँहरुबाट विद्यालय आएका विद्यार्थीहरु निराश भएर फर्किने गरेका छन् ।
गत मंगलवार विद्यालयमा आयोजना गरिएको बैठकमा विवाद भएपछि प्रधानाध्यापक यादवमाथि दुव्र्यवहार भएको हो । बैठकमा विद्यालय व्यवस्थापन समितिका दुई जना सदस्यसहितका व्यक्तिले गालीगलौज तथा अभद्र व्यवहार गरेपछि न्याय हुनुपर्ने माग गर्दै शिक्षकहरुले विद्यालय बन्द राख्दैआएका छन् ।
चार दिनअघि पदाधिकारीहरुसँग भईरहेको छलफलमा प्रधानाध्यापक यादवलाई अभद्र व्यवहार तथा गाली–गलौज गरेको भन्दै उनीहरुले विद्यालयमा पठनपाठन ठप्प गरिएको शिक्षक रामनारायण यादवले जानकारी दिएका छन् । समस्याको निकास नभएसम्म पठनपाठन संचालन नगर्ने शिक्षकहरुले अडान राखेका छन् ।
विद्यालय व्यवस्थापन समितिको बैठकमा समिति बाहिरका व्यक्तिहरु समेत आएर आफुलाई अभद्र गालीगलौज गर्दै दुव्र्यवहार गरेकोले न्यायकालागि सम्वन्धित निकायमा उजुरी दिएको प्रधानाध्यापक सुर्यनारायण यादवले बताए । आफुलाई न्याय दिलाउनकालागि सम्वद्ध सबै पक्षलाई सहयोगकालागि आग्रह गरेका छन् ।
शिक्षकहरुले तीन दिनदेखि विद्यालय बन्द गरेपछि पठनपाठन प्रभावित भएको छ भने आफुहरुको भविष्यमाथि खेलवाड भएको भन्दै आक्रोशित विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । तत्काल समस्या समाधान गरी विद्यालयमा पठनपाठन संचालन गर्नुपर्ने विद्यार्थीहरुले माग गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्तरञ्जन यादवले घटनाको भत्र्सना गर्दै आफ्ना पदाधिकारीहरुले प्रधानाध्यापकमाथि दुव्र्यवहार नगरेको दावी गरेका छन् । विद्यालयमा देखिएको विवाद समाधानकालागि पहल थालिएको तथा दुई–तीन दिनभित्रै समाधान गरिसक्ने वडाध्यक्ष मोहम्मद इब्राहिम मन्सुरीले बताए ।
कक्षा १ देखि १२ कक्षासम्म तथा प्राविधिक शिक्षा समेतको अध्ययन हुँदै आएको उक्त विद्यालयमा झण्डै १ हजार ३ सय विद्यार्थी अध्ययनरत छन् ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।