Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

प्रमुख जिल्ला अधिकारीलाई पत्रकारहरुले बुझायो हस्ताक्षर

प्रमुख जिल्ला अधिकारीलाई पत्रकारहरुले बुझायो हस्ताक्षर
Bwtech New Add With Software & Bull SMS

राजविराज, ६ असार । संघीय सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल विधेयक खारेज गर्न माग गर्दै संकलन गरिएको हस्ताक्षर शुक्रवार सप्तरी जिल्ला प्रशासन कार्यालयमा बुझाईएको छ ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीद्वारा संकलन गरिएको हस्ताक्षर अध्यक्ष जितेन्द्र खड्गाको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई बुझाईएको हो । प्रमुख जिल्ला अधिकारी पौडेल मार्फत उक्त हस्ताक्षर प्रधानमन्त्री कार्यालयमा पठाउनकालागि बुझाईएको छ ।
प्रमुख जिल्ला अधिकारी पौडेलले उक्त हस्ताक्षर तत्कालै प्रधानमन्त्री कार्यालयमा पठाउने वचनवद्धता व्यक्त गरे ।सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विद्येयकसहित प्रेस स्वतन्त्रता विरोधी कानून खारेज गर्न पत्रकारहरुले माग गर्दैआएका छन् ।
यस अघि महासंघ कार्यालयबाट निकालिएको र्याली राजविराजको विभिन्न भाग परिक्रमा पश्चात जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।

Online Saptari

About The Author

%d bloggers like this: