• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

लोकसेवाको विज्ञापन विरुद्ध राजविराजमा विरोध कार्यक्रम

लोकसेवाको विज्ञापन विरुद्ध राजविराजमा विरोध कार्यक्रम

राजविराज, ३० जेठ । समानुपातिक समावेशी अधिकार बचाउ संघर्ष समिति सप्तरीद्वारा विहीबार आँखामा कालोपट्टी बाँधेर सांकेतिक विरोध जनाएका छन् ।
लोकसेवा आयोगले हालै आह्वान गरेको कर्मचारी भर्ना विभेदकारी एवम् व्यापक त्रुटीपूर्ण रहेको भन्दै राजविराजमा यूवाहरुले विरोध जनाएका हुन् । स्थानीय हरिनन्देश्वर महादेव मन्दिर प्राङ्गणबाट यूवा विद्यार्थीहरु विज्ञापनको विरोध गर्दै शहिद दशनचौकमा पुगेर कोणसभामा आयोजना गरिएको विद्यार्थी नेता श्याम कुमार यादवले जानकारी दिएका छन् । उक्त कार्यक्रममा नेताहरु शम्भु यादव, राधेश्याम यादव, विनोद यादव, मनोज साह, लक्ष्मण यादव लगायतले आयोगको विज्ञापनप्रति विरोध जनाएका छन् ।
यूवा विद्यार्थीहरुले असंवैधानिक तरिकाले लोकसेवा आयोगले गरेको विज्ञापन रद्द हुनुपर्ने, समानुपातिक समावेशी अधिकारको ग्यारेन्टि गर्दै पुनः विज्ञापन गर्नुपर्ने, प्रादेशिक लोकसेवा आयोग गठन गर्नुपर्ने लगायतका मागहरु राखिएको छ ।