• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

एक लाख घुससहित ईन्जिनियर श्रेष्ठ अख्तियारको फन्दामा

एक लाख घुससहित ईन्जिनियर श्रेष्ठ अख्तियारको फन्दामा

राजविराज, ३० जेष्ठ । सप्तरीको रुपनी गाउँपालिकाका इन्जिनियर विकास श्रेष्ठलाई विहिवार १ लाख रुपैयाँ घुस रकमसहित अख्तियारले पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय इटहरीबाट खटिएको टोलीले राजविराज–६ स्थित डेराबाटै श्रेष्ठलाई पक्राउ गरेको हो । श्रेष्ठले तत्कालिन जिल्ला विकास समितिको योजना अनुसार स्वर्ण खोलामा निर्माण गरिएको झोलुङ्गे पुल फरफारकका लागि उपभोक्ता समितिवाट सो घुस रकम लिदालिदै रङ्गेहात पक्राउ गरिएको अख्तियारका डिएसपी श्यामकुमार सारु मगरले जानकारी दिएका छन् ।
तत्कालिन योजनाका मुख्य इन्जिनियरको रुपमा कार्यरत रहेका श्रेष्ठ कर्मचारी समायोजन प्रक्रियाका क्रममा रुपनी गाउँपालिकामा पुगेपनि झोलुङ्गे पुलको सम्पुर्ण रेखदेख गर्दैआएका थिए । श्रेष्ठलाई प्रारम्भिक अनुसन्धानका लागि सम्पर्क कार्यालय इटहरी लगिएको जनाएको छ ।