Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

कम्युनिष्ट नेतृत्वको सरकारले आयोगहरुलाई पङ्गु बनायोः नेता पौडेल

कम्युनिष्ट नेतृत्वको सरकारले आयोगहरुलाई पङ्गु बनायोः नेता पौडेल
Bwtech New Add With Software & Bull SMS

राजविराज, ३० जेठ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट नेतृत्वको सरकारले संवैधानिक आयोगहरुलाई तर्साएर वशमा पारेका कारण मुलुकमा अनैतिक गतिविधिहरु बढेको आरोप लगाएका छन् ।
सप्तरीको संसदीय निर्वाचन क्षेत्र नं.१ हनुमानगर कंकालिनी नगरपालिका–३ पोर्ताहामा आयोजना गरिएको विशाल आमसभा कार्यक्रममा यस्तो आरोप लगाएका हुन् । ‘सुन, वाइडबडीदेखि बालुवाटार विक्री लगायतका काण्डैकाण्ड हुँदा समेत संवैधानिक आयोग केहि गर्न सकेको छैन्’ उनले भने–‘सवै संवैधानिक आयोगहरुलाई कम्युनिष्ट नेतृत्वको सरकारले पङ्गु बनाएर इसारामा चलाइरहेको छ ।’
यी कारणहरुले नै मुलुकमा भ्रष्टाचार मौलाउँदै गएको तथा भ्रष्ट्राचारीहरुमा उर्ता प्रदान भईरहेको उनले बताए । ‘यस्ता काण्डहरु सवै माझ छर्लङ्ग रहेपनि जनता किन चुप लागेको बसेको छ, किन सरकारलाई प्रश्न गर्दैन्’ उनले थपे–‘यस्ता काण्डहरुमा संलग्न रहेकाहरुलाई किन कारवाही गरिएन? जनताले सोध्ने वेला आएको छ ।’
तथापी जनताको विचार सुन्दा कम्युनिष्ट नेतृत्वको सरकारबाट आजिज भईसकेको बताउँदै नेता पौडेलले सत्ताको विकल्प खोजी गरिरहेको दावी समेत गरे । जनताले चाहेको वैकल्पिक पार्टीको बागडोर अबको निर्वाचनमा नेपाली काँग्रेसले लिने उनले बताए ।
काँग्रेसका उपाध्यक्ष विजयकुमार गच्छेदारले पार्टीभित्रको राजनितिकका कारण नेपाली काँग्रेस संकटमा परेको बताए । आफ्नै गल्तीले पछाडी परेको काँग्रेसलाई अगाडी बढाउन स्थानीयस्तरदेखि केन्द्रसम्म पार्टीभित्र एकता जरुरी रहेको भन्दै उनले संकट समाधानकालागि छलफल भईरहेको बताए ।
‘काँग्रेसभित्र एकरुपता नभएसम्म पार्टी अघि बढ्दैन्’ उनले भने–‘अहिले एकरुपता नै काँग्रेसकालागि मुख्य विषय रहेकोले नेताहरु गम्भिरतापूर्वक लागेका छौं ।’
नेपाली काँग्रेसका सप्तरी सभापति दिनेशकुमारको अध्यक्षतामा आयोजित आमसभामा प्रतिनिधिसभा सांसद तेजुलाल चौधरी, पूर्व मन्त्री महेन्द्र यादव, पूर्व कोषाध्यक्ष पदमनारायण चौधरी, तरुणदलका उपाध्यक्ष उत्तम चापागाईंलगायत बोलेका थिए ।

Online Saptari

About The Author

%d bloggers like this: