• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

सप्तरी प्रिमियर लिग सिजन असार २ गतेदेखि हुने

सप्तरी प्रिमियर लिग सिजन असार २ गतेदेखि हुने

राजविराज, २७ जेठ । सप्तरीको राजविराजमा सञ्चालन हुने मेयर कप सप्तरी प्रिमियर लिगको दोश्रो सिजनमा पुरुष र महिला बिधा दुवै समावेश गरिने भएको छ ।
आगामी असार २ गतेदेखि राजविराज स्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने उक्त प्रतियोगिता राजविराज नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघको आयोजनामा सञ्चालन हुने प्रतियोगिताको लागि यसवर्ष ५ टोलीको सहभागिता हुने जनाईएको छ । लिगको आधारमा खेलाईने प्रतियोगिताकोलागि अगामी जेठ ३१ गते खेलाडिको अक्सन हुने तथा प्रतियोगिता भब्यतापुर्वक सम्पन्न गराउन संघका सदस्य रोशन मण्डललाई प्रतियोगिताको निर्देशकको रुपमा चयन गरेको छ । यस अतिरिक्त गठन गरिएको उपसमितिमा डम्वरनारायण दास(शम्भु), राहुल सिंह, रवी राय र संजय सिंह कार्की रहेको जानकारी सप्तरी क्रिकेट संघका सचिव चन्दन कुमार यादवले दिएका छन् ।
यस पटक पहिलो महिला सप्तरी प्रिमियर लिगको आयोजना अषाढ ९ गतेबाट हुने तथा सो को लागि समेत अक्सन अषाढ ५ गते हुनेछ । महिला क्रिकेटकालागि सुरुङ्गा नगरपालिका र खडक नगरपालिकाले प्रायोजन गरेको छ भने सबल नेपालको मुख्य आयोजनामा सप्तरी क्रिकेट संघसँगको सहकार्यमा सञ्चालन हुने समेत जानकारी सचिव यादवले बताए । नेपाली क्रिकेटको व्यस्त घरेलु क्यालेण्डरको कारणले खेल पछाडि परेको जानकारी गराउँदै प्रतियोगितामा यस पटक पुरुषतर्फको बिजेताले २ लाख नगद सहित ट्रफी प्राप्त गर्नेछन् भने उपबिजेताले १ लाख पाउनेछन् । यसैगरि महिलातर्फ बिजेताले ५१ हजार तथा उपबिजेताले ३१ हजार प्राप्त गर्नेछन् ।