• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

नेकपाद्वारा छिन्नमस्ता गाउँपालिकालाई ज्ञापनपत्र

नेकपाद्वारा छिन्नमस्ता गाउँपालिकालाई ज्ञापनपत्र

राजविराज, २६ जेठ । सप्तरीको छिन्नमस्ता गाउँपालिका कार्यालयमा आइतवार नेकपा छिन्नमस्ता गाउँ कमिटिले १२ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएका छन् ।
कमिटिका अध्यक्ष जयप्रकाश यादवको नेतृत्वमा पुगेको टोलीले प्रमुख प्रशासकीय अधिकृत अरबिन्द कुमार चौधरीलाई ज्ञापनपत्र बुझाएका हुन् । जनसरोकारका विषयहरुको सूचना पटक–पटक माँग गर्दा समेत विभिन्न वहाना बनाई आलटाल गरिरहेको, हालसम्म पारदर्शी रुपमा सूचना अधिकारीको व्यवस्था हुन नसकेको, विभिन्न किसिमको योजना तथा कार्यक्रमकहरुो सूचना नै प्रवाह नगरी झोले उपभोक्ता, किर्ते उपभोक्ता समिति गठन गरी मिलोमतो आफुखुशीका व्यक्ति तथा संस्थाहरु मार्फत गुपचुप रुपमा कामकाज गर्ने गरेको आरोप लगाईएको छ ।
छिन्नमस्ता गाउँपालिका अन्तर्गतका निजी तथा सामुदायिक विद्यालयहरु को नयाँ विद्यालय अनुमति–पत्र तथा कक्षा अपग्रेडको शिक्षा समितिबाट निर्णय भएपनि हालसम्म के कुन कारणले सञ्चालन अनुमती नदिएको, चालु आ.व. २०७५÷०७६ को अन्तिम समय–समयमा पनि कुल योजना तथा कार्यक्रमहरुको लगभग १० प्रतिशत भन्दा बढि काम किन पुरा हुन सकेको ? र बाँकी काम १ महिनामा नै पुरा गर्ने जनप्रतिनिधीहरुको सार्वजनिक वक्तव्यबाट अभिप्रेरित भएर भ्रष्टाचार पो हुने हो भनी आशंका सहित ज्ञापनपत्रमार्फत सचेत गराईएको छ ।
चालु आ.व.को समाप्तीको चरणमा समेत कार्यालय का अधिकांश कर्मचारीहरु कार्यालयाको समयमा उपस्थित न भएको हुँदा सर्वसाधारण जनताहरुले दैनिक कामकाजमा सास्ती खेपिरहेको, कमिशन तन्त्र, घुसतन्त्र मौलाउदै गएको अवस्था सृजना भएको हुँदा यस्तो प्रकृतिको कार्यमा संलग्न दोषीलाई कार्वाही गर्न माग गरिएको छ । छिन्नमस्ता गाँउपालिका अन्र्गतका सार्वजनिक पोखरीहरुको उपयोग अधिकांश जनप्रतिनिधिहरुले नै गरिरहेको, सार्वजनिक पोखरीहरुको ठेक्का लगाउने निर्णय भएको हुँदा के कुन कारणले हालसम्म उक्त पोखरीहरुको ठेक्का पट्टा लगाउन नसकेको सोको लिखित जानकारी उपलब्ध गराउन माग गरिएको छ ।
आ.व. २०७४÷०७५ को प्रथम गाँउसभावाट स्वीकृत भएको योजनाहरुमध्ये कार्य सम्पन्न भईसकेको योजना तथा कार्यक्रमहरुको लागत स्टीमेट तथा कार्य सम्पन्न मुल्याङकन प्रतिवेदन सहित गाउँपालिका कार्यालय तथा प्रत्येक वडा कार्यालयहरु को सम्पूर्ण चल अचल सम्पतीको अभिलेख, तथा खरीदको वील भरपाई समेत उपलब्ध गराउन माग गरिएको छ । गत आ.व. २०७४÷०७५ को यस गाउँपालिकाको सञ्चितकोष खाता, धरौटी खाता, चालु खर्च खाता, पूँजीगत खर्च खाता, आन्तरिक स्रोत खाता र राजस्व बाँडफाँड खाताको बैंक स्टेटमेन्ट र बैंक नगदी किताबको प्रतिलिपी उपलब्ध गराउन माग अध्यक्ष यादवले माग गरेको छ ।