के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

व्यवसायी तुलसी दास १४ दिनदेखि वेपत्ता

व्यवसायी तुलसी दास १४ दिनदेखि वेपत्ता
Bwtech New Add With Software & Bull SMS

राजविराज, २६ जेठ । राजविराज नगरपालिका वडा नम्वर–१६ बोरियाका किराना व्यवसायी तुलसी दास १४ दिनदेखि वेपत्ता छन् ।
घरबाट पचास हजार रुपैयाँ साथमा लिएर हिडेका उनी सम्पर्क विहिन रहेका कारण परिवारजनले अपहरणको आशंका गरेको हो । परिवारले राजविराजमा पत्रकार सम्मेलन आयोजना गरी उक्त विषयमा जानकारी दिएका छन् ।
राजविराज नगरपालिका वडा नम्वर–९ बस्ने रेशमलाल यादवले योजना बनाएर घरबाट लगी अपहरण गरेर राखेको परिवारजनको दावी छ । ४५ वर्षिय दास गत जेठ १३ गते विहान ८ बजेको समयमा घरबाट नगद ५० हजार रुपैयाँ लिएर हिँडेको जनाईएको छ । सर्लाहीमा एक वैवाहिक कार्यक्रममा सहभागी हुने र त्यस पछि फर्किदा पसलका लागि केही किनमेल गर्ने भन्दै ५० हजार रुपैयाँ बोकेको पत्नी सोमिन्द्रा देवीलाई बताएर हिडेका थिए ।
गत जेठ १३ गते यादव बोरिया स्थितको घर आएका थिए । उनीसँगै हिडेको पति दास १४ गते साँझदेखि सम्पर्क विहिन भएको आधारमा नै अपहरण भएको परिवारजनको दावी छ । वेपत्ता दासकी पत्नी सोमिन्द्राले पति सम्पर्क विहिन भएदेखि नै उनीसँगै हिडेका यादव समेत फरार रहनुले अपहरण भएको दावी गरेकी छिन् ।
हालसम्म अपहरणकारीबाट फिरौती माग नआए पनि यादवको विगतको शैलीबाट समेत अपहरण भएको उनले बताईन । गत जेठ १४ गते दिउसो १ बजेको समयमा दासले बोक्ने ९८१९७३१४७१ नम्बरको मोबाईलबाट अन्तिम पटक कुरा भएको तथा त्यसपछि स्वीच अफ भएको मोबाइल अहिलेसम्म चालु नभएको उनले सुनाईन् ।
‘म रेशमलालसँगै छु, चिन्ता गर्नु पर्दैन, भोली साँझसम्म फर्किहाल्छु’ पतिले फोन राखेका थिए । त्यसपछि उक्त नम्वरमा फोन गर्दा स्वीच अफ रहँदैआएको सोमिन्द्राले पत्रकार सम्मेलनमा बताईन् । उनले यादवकै संलग्नतामा योजनाबद्ध तरिकाले पति दासको अपहरण गरिएको दाबी गर्दै पतिको अवस्था पता लगाउने कार्यमा पहल गरिदिन संचारकर्मी र अधिकारकर्मीहरुलाई पनि आग्रह गरेकी छिन् ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मनोज कुमार यादवले दासको विषयमा अनुसन्धान कार्य अगाडि बढाएको बताए । मान्छे सम्पर्क बाहिर रहनुलाई अपहरण भन्न नमिल्ने बताउँदै चाँडै सत्यतथ्य सार्वजनिक हुने उनले प्रतिवद्धता व्यक्त गरे ।

Online Saptari

About The Author

%d bloggers like this: