• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
तराईमा जटिल समस्या बन्दै कुपोषण

मीरा साह
नेपाल एक विकासोन्मुख राष्ट्र हो । कुपोषण, नेपालमा मात्र नभई विकसित मूलूकमा पनि भयावह रूपमा देखिएको छ । नेपालमा खासगरी दुर्गम तथा तराई क्षेत्रमा यसको प्रमुख समस्या देखिएको छ । तराईमा ३५० जना पाँच कक्षासम्मका विद्यालयमा गरिएको एउटा अध्धयनले मात्र १५ प्रतिशत, बालबाालिका कुपोषित देखिएको थियो । बच्चाको उमेर अनुसारको उचाइ , तौल इत्यादि ठीक मात्रामा देखिएको थियो ।
नेपालको जनसाङ्ख्यिक र स्वास्थ्य सेवाको अनुसार कम उचाई भएका (पुडको) बच्चा ४२ प्रातिशत तराईमा छ भने शहरी क्षेत्रमा २७ प्रातिशत कुपोषणका बाालबाालिका रहेको छ । नेपालको हिमाली भागमा ५३ प्रतिशत कम तौल भएका छ भने माथि हिमाली भेगमा ११ प्रतिशत तथा ३६ प्रतिशत तराइको भूभागमा कुपोषित बालबालिका रहेको छ । तराइको ३६ प्रतिशत पुडको (उमेर अनुसार उचाई नहुनु), ११ प्रतिशत दुब्लो तथा २९ प्रतिशत तौल कम भएको बाालबालिकाहरु रहेको छ । यसका कारणहरु खासगरी गरिबी , अशिक्षा, पोषणको बारेमा सही जानकारी नहुनु, एउटा ठूलो समस्या हो । तराईका बालबालिकाको विभिन्न कारणले पोषणस्तर माथि उकास्न सकेको छैन, यसको विभिन्न कारणहरुमा गरिबी, अशिक्षा, रहनसहन, सरसफाई, इत्यादि हुनु ।
कुपोषण भनेको के हो ?
कुपोषण कम तथा चाहिने भन्दा बढी मात्रामा भोजन गरेमा हुन्छ, कम भोजन गर्दैमा कुपोषन मात्र हुदैन, आवश्यकता भन्दा बढीमा पनि हुन्छ । दुब्लो, पुडको , मोटो, होचो, यी सबै कुपोषणका प्रकार हो । यसले आँखाको समस्या , मुटु, तथा मधुमेहको समस्या समेत गराउँछ ।
कूपोषण दुई प्रकारको हुन्छः
(१.) पोषक तत्वको कमी (अण्डर न्युट्रिशन)ः यसमा चाहिने प्रर्याप्त मात्रामा प्रोटिन, क्यालोरी, तथा खनिज तत्वहरुको खानामा कमी भएमा जसले गर्दा दुब्लो, पातलो, ख्याउटे (तौल अनुसार उचाई नहुनु), तथा उमेर अनुसार उचाई नहुनु ( पुडको) आदि कुपोषण हो ।
(२) बढी तौल हुनु (ओभर न्युट्रिशन)ः आवश्यक भन्दा कार्बोहाइड्रे, प्रोटिन, चिल्लो पदार्थको सेवन गर्नाले पनि कुपोषण हुन्छ, जसले गर्दा मोटोपनाको शिकार हुन्छ । त्यस्तै यसको कारणले रक्तअल्पता , मरास्मस, क्वासिवर्कर जिन्क्, भिटामिन, आयोडिन, आदिको कमी हुँदै जान्छ । त्यस्तै छाला सुख्खा, फुस्रो, खैरो, हुँदै जान्छ, घाउ खटिरा, ठीक हुँदैन, सुस्त मनस्थिति हुनु ।
(क) क्वासिवर्कर ( खानामा प्रोटिनको मात्रा कम भएमा, त्यस्तै हाम्रो शरिरमा क्यालोरीको (शक्ति दिने) मात्रा कम भएमा मरासमस भन्ने रोग लाग्छ, जसले गर्दा अरु खनिज तत्वको पनि कमी हुन जान्छ ।
(ख) भिटामिन एः आँखा सुख्खा हुनु, राति राम्ररी नदेख्नु, रतन्धो, संक्रमणको बढी सम्भावना हुनु । जिंकः खानामा रुचि नहुनु, उचाइ नबढ्नु, घाउ खटिरा, चाडै ठीक नहुनु, कपाल झर्नु, पखाला लाग्नु, ।
(ग) लौह तत्व (आइरन)ः दिमागको विकास राम्ररी नहुनु , शरिरको, तापमान , समानरूपले नहुनु, पेटको समस्या भइरहन्छ, नङ्ग टूटने, सेतो देखिनु , कपाल फुस्रो हुनु ।
(घ) आयोडिन. गलगाड, हुनु, थाइरोइड, ग्रन्थीले हर्मोन उत्पादनमा कमी ल्याउनु, शारिरीक विकासमा कमी हुनु, ।
लौहतत्व भएको खानेकुराहरु, हरियो सागपात तथा तरकारी ,पालुङो, कर्कलो, फर्सीको मुन्टा, खसीको मासु, कलेजो, अण्डाको पहेलो भाग, इत्यादि । विश्व स्वास्थ्य सङ्गठनले गरेकोे अध्ययनले विश्वमा ३० प्रतिशत जनसंख्याको व्यक्तिहरु रक्तअल्पताको चपेटमा छन् । यो एउटा महामारीको रूपमा देखापरेको छ ।
भिटामिन एः यसमा बिटा क्यारोटिन, भएकोले, रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्दछ । गर्भवती महिलामा यसको कमी भएमा बच्चा गर्भमै तुहिन सक्छ । यो रातो तथा पहेलो खाद्य पदार्थमा पाइन्छ । पाकेको फर्सी, मेवा, सुन्तला, दूध, अण्डा, पालुङो, ब्रोकोली , तरुल, सख्खरखण्ड, सलगम, गान्टे मुला, आरु, आलुबखरा , गोलभेडा आदी । प्रोटिनयुक्त खानेकुराहरु दूध , दही, माछा मासु, पनिर, सोयाबिन, भटमास, गेडागुडी, टोफु, अण्डा, मुङ्फली बदाम, काजु, ओखर आदि ।
शक्ति दिने खाद्यपदार्थः भात , रोटी , फापर कोदो, मकै, आलु, जौ, लिटो, खजुर, हलुवा, आदी । आफ्नो ठाउँमा सहजै पाउने खानेकुरालाई प्रोत्साहित गर्नुपर्छ । तराईमा प्रायः सबै कुराहरु पाईन्छ । चामल, मकै, गहु, कोदो, आँप, लिची, केरा, मेवाको भन्डार नै छ तराईमा । घरमा बनाएको खानेकुरालाई नै बढी प्राथमिकता दिनुपर्छ । जस्तैः सतुवा, (चना, केराउ, मकै, कोदो) आदि । स्कुलको खाजामा, घरमा बनाएको मात्रै पठाउनु पर्छ । बाहिरको पाकेटको जस्तै चाउचाउ, चिजबल, कुर्कुरे, फेन्टा, आदि दिएर बच्चालाई विष खुवाउनुबाट बचाउनुपर्छ । आलु बेचेर चाउचाउ किनेर देखाबटी शैलीबाट बच्नुपर्छ ।
खासगरी केटीहरुमा लौह तत्वको कमी भएमा, जीवनभरी, तीन पुस्तासम्म, कुपोषित हुन्छ । जस्तै ऊ आफु, ऊ बाट, जन्मिने बच्चा, फेरी उसको बच्चा पनि कुपोषणको शिकार हुन्छ । आफ्नो ठाउमा भएँको खानेकुराहरुको बढी प्राथमिकता दिनुपर्छ । आफ्नो घरबारी, करेसाबारीमा पाइने नै प्रयोग गर्नु पर्छ ।
आफ्नो घरमा भएको बेचेर वा साटेर पसलमा पाइने पाकेटको खानेकुराहरु आफ्ना बालबच्चालाई खुवाउनुहुन्न, घरका अभिभावकले आफ्ना बच्चालाइ पोषिलो खानेकुराको महत्व बुझाउन सक्नुपर्छ । पसलमा पाईने खानेकुराहरु रोगहरु निम्त्याउने हो, त्यो एउटा मन्द विष जस्तै हो । त्यसैले समयमा नै सचेत हुनु पर्छ । पसलमा हर्लिक्स, चाउचाउ, चिजबल , कुरकुरे , फेन्टा ईत्यादी सबै खुवाउनु भएन । यदि यस्तो प्रकारको दिनुहुन्छ भने आजैबाट बन्द गर्नुपर्छ ।
(लेखिका साह, आहार विशेषज्ञ हुन् ।)