Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

लोकसेवाको विज्ञापनप्रति मुख्यमन्त्री राउत आक्रोश

संविधानको भावना विपरित गतिविधी विरुद्ध कानूनी उपचार खोजिने
लोकसेवाको विज्ञापनप्रति मुख्यमन्त्री राउत आक्रोश
Bwtech New Add With Software & Bull SMS

जनकपुरधाम, १७ जेठ । प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय लोकसेवा आयोगबाट स्थानीय तहको लागि गरिएको विज्ञापनप्रति आक्रोश ब्यक्त गरेका छन् ।
प्रदेश समन्बय परिषद्को शुक्रवार वर्दिवासमा सम्पन्न बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले संविधानको भावना विपरित समावेशितालाई लत्याउदै आह्वान गरेको विज्ञापन स्वीकार्य नहुने चेतावनी दिए । संविधानको धारा २७७ मा स्थानीय तहको कर्मचारी ब्यवस्थापन प्रदेश सरकारले गर्ने स्पष्ट ब्यवस्था रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले संविधानको भावना विपरित भई रहेको गतिविधी विरुद्ध कानूनी उपचार खोज्ने स्पष्ट पारे ।
संघीयताको अर्थ ‘अप्पन शासन प्रशासन’ हुनुपर्दछ तर संघीय सरकारले त्यसमाथि अंकुश लगाउने प्रयास गरिरहेको आरोप लगाउँदै उनले भने ‘समावेशितालाई लत्याउने प्रयास गरिएको छ, त्यो कदापी सह्य हुदैन, हामी कानुनी उपचार खोज्छौ ।’ संघीय निकायहरुले एकपछि अर्को अधिकार खोस्ने प्रपञ्च गरिरहेको बताउँदै मुख्यमन्त्री राउतले स्थानीय तहका प्रतिनिधीहरुलाई हातेमालो गर्न आग्रह समेत गरे ।
प्रदेश सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम र बजेटको पूर्व सन्ध्यामा आयोजना गरिएको समन्वय परिषद्को वैठकमा स्थानीय तहका प्रमुखले आ–आफना सुझाव दिए । मुख्यमन्त्री राउतले प्रदेश र स्थानीय तहले समन्वय नगरेसम्म विकास निर्माणले गति लिन नसक्ने भन्दै सहयोगकालागि आग्रह गरे । आफनो अधिकार खोज्दा कर्तव्यको समेत पालना गर्नुपर्ने सुझाव दिँदै उनले बजेट निर्माणको क्रममा संघीय र प्रदेश सभा सदस्यहरुलाई समेत सहभागी गराउन स्थानीय तहका प्रतिनिधिहरुलाई आग्रह गरे ।
कार्यक्रममा भौतिक पूर्वाधारविकास मन्त्री जितेन्द्र सोनलले प्रदेश विकासको जिम्मा स्थानीय तह र प्रदेश सरकार दुबैको रहेकोले मिलेर बढ्नुको विकल्प नरहेको बताए । कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, वन उद्योग तथा पर्यटन मन्त्री रामनरेश राय लगायतले मन्तव्य व्यक्त गरे । कार्यक्रममा स्थानीय तहका प्रतिनीधिहरु समेतको सहभागिता रहेको थियो ।

Online Saptari

About The Author

%d bloggers like this: