Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

हेल्प मधेशी साउदी अरबद्वारा आर्थिक सहयोग

हेल्प मधेशी साउदी अरबद्वारा आर्थिक सहयोग
Bwtech New Add With Software & Bull SMS

राजविराज, १७ जेठ । वैदेशिक रोजगारीको क्रममा साउदीमा मृत्यु भएका जिन्दल मण्डलका परिवारलाई हेल्प मधेशी साउदी अरबद्वारा आर्थिक सहयोग उपलब्ध गराईएको छ ।
हेल्प मधेशी साउदी अरबद्वारा ५१ हजार रुपैयाँ र तुरैफ दलानका अध्यक्ष जलन्धर यादवको पहल एवम् मौलाना बंशीरको सहयोगमा थप ३० हजार पाँच सय समेत गरी ८१ हजार पाँच सय रुपैयाँ सहयोग स्वरुप उपलब्ध गराईएको छ । उक्त मृतक जिन्दल मण्डलका बुवा राजकुमार खत्वे र आमा शान्ति देवी खत्वेलाई हेल्प मधेशी नेपालका अध्यक्ष राम उदगार यादव, जनकपुर टुडेका पत्रकार ओमप्रकाश साह तारापट्टी ईलाका प्रहरीका प्रहरी सहायक निरीक्षक विजय कुमार यादव, हेल्प मधेशी नेपालका केन्द्रीय सदस्य सञ्जय रान यादव, हेल्प मधेशी साउदीका अल हस्सा दलानका उपाध्यक्ष विजय कुमार मण्डल समेतको उपस्थितिमा मृतकको घरमै पुगेर हस्तान्तरण गरिएको छ ।

Online Saptari

About The Author

%d bloggers like this: