• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

डाक्नेश्वरी नपामा वालविवाह विरुद्ध नाटक प्रदर्शन

डाक्नेश्वरी नपामा वालविवाह विरुद्ध नाटक प्रदर्शन

राजविराज, १४ जेठ । सप्तरीको डाक्नेश्वरी नगरपालिका स्थित पातोमा वालविवाह न्यूनिकरण अभियान अन्तर्गत मङ्गलवार नाटक प्रदर्शन गरियो ।
युनिसेफको सहयोगमा समाजिक विकास मन्त्रालयको समन्वय एवम् सामुदायिक परिवार कल्याण संघद्वारा उक्त कार्यक्रम आयोजना गरियो । त्यसक्षेत्रका व्यापक जनसमुदायका बीच प्रस्तुत गरिएको उक्त नाटकमा समाजमा व्याप्त वालविवाहको अवस्था, वालविवाह पश्चात श्रृजना हुने समस्या, मानसिक तथा शारिरीक रुपमा हुने हानी, वालविवाहका कारण स्वास्थ्यमा हुने खतरा तथा कानूनी व्यवस्था समेतका विषयवस्तुहरु समावेश गरिएको थियो ।
मैथिली भाषामा मञ्चन गरिएको नाटकमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. उषा देवले कम उमेरमा हुने विवाहका कारण स्वास्थ्यमा पार्ने असर तथा अधिवक्ता एवम् समाजसेवी सविता कोइरालाले कानूनी प्रावधान एवम् दण्ड सजाय समेतको विषयमा प्रष्ट पारे । सोही कार्यक्रममा समाजमा व्याप्त वालविवाहबारे धारणा राख्दै गीत प्रस्तुत गरिन् । नाटकमा मिथिलाका चर्चित कलाकार बिएन पटेल, रिना यादव, दिपनाथ साह, धीरज ठाकुर, सपना साह लगायतका कलाकारहरुको प्रस्तुती रहेको थियो ।
आयोजक संस्थाका अध्यक्ष मिथिलेश साहले अतिथिसहित दर्शकहरुलाई स्वागत गरे भने सञ्चालन कार्यक्रम संयोजक नित्यानन्द मण्डल र पचुलाल माझीले गरे । नाटक हेरिसकेपछि दर्शकहरुले यस्ता नाटकहरु ग्रामिण वस्तीहरुमा प्रदर्शन गर्नुपर्ने सुझाव दिए ।