Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

नेपाल–भारत संयुक्त प्राविधिक टोलीदवारा खाँडो नदीको अनुगमन

नेपाल–भारत संयुक्त प्राविधिक टोलीदवारा खाँडो नदीको अनुगमन

राजविराज, १३ जेठ । नेपाल–भारत संयुक्त प्राविधिक टोलीद्वारा सप्तरी जिल्ला स्थित खाँडो नदीको अवस्थाबारे सोमवार अनुगमन गरिएको छ ।
चुरे क्षेत्रवाट सप्तरी हुँदै भारततिर बग्ने खाँडो नदीको ब्यवस्थापन गर्न भावी योजना तयार गरी दिर्घकालीन रुपमा समस्या समाधान गर्ने उद्देश्यकासाथ संयुक्त टोलीद्वारा अनुगमन गरिएको हो । सप्तरीका प्रमुख जिल्ला अधिकारी सरेन्द्र पौडेलका अनुसार भारतको गंगा फ्लड कन्ट्रोल कमीशनका सिकेएल दास र नेपालको जल उत्पन्न प्रकोप नियन्त्रण विभागकी महानिर्देशक सरीता दवाडी नेतृत्वको प्राविधिक टोलीले स्थलगत अनुगमन गरेको छ ।
यस अघि गत वर्ष १३ असारमा पनि संयुक्त प्राविधिक टोलीले खाँडोको अनुगमन गरेका थियो । भारतको केन्द्रीय जलसंशाधन विभागका निर्देशक अजयकुमार र नेपालको जल उत्पन्न प्रकोप नियन्त्रण विभागका उपमहानिर्देशक प्रदीप थापा टोलीमा सहभागी थिए ।
२०७५ वैशाखमा काठमाण्डौंमा सम्पन्न प्राविधिक टोलीको वैठकपछि भारतीय पक्ष खाँडोको समस्याप्रति गम्भिर भएको खाँडो नदि नियन्त्रण आयोजनाका प्रमुख विष्णुदेव यादवले जानकारी दिएका छन् । वैठक लगत्तै असार १३ गते खाँडाको अनुगमन गरेको टोली दोहो¥याएर अनुगमनमा आएको उनले बताए ।
चुरे क्षेत्रभएर सप्तरी हुँदै भारत प्रवेश गर्ने खाँडो खोलाले भारतीय क्षेत्रमा समेत क्षती गर्ने गरेको छ । भारतको कुनौली ग्राम पञ्चायत अन्तर्गत कमलपुर, हरिपुर, डगमारालगायतका गाउँ बस्ती खाँडोको समस्यावाट पीडित भईरहेका छन् । सोही बाढी नियन्त्रणका क्रममा नेपाल भारत सिमा क्षेत्रमा झडप समेत हुने गरेको छ । १३ साउन ०७३ मा पनि नेपाली र भारतीय नागरिकका विचमा झडप भएको थियो ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।