के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

जिल्ला अदालतले डाक्नेश्वरी नपालाई छलफलमा बोलायो

जिल्ला अदालतले डाक्नेश्वरी नपालाई छलफलमा बोलायो
Bwtech New Add With Software & Bull SMS

राजविराज, ८ जेठ । उच्च अदालत जनकपुर, राजविराज इजलासले डाकनेश्वरी नगरपालिका कार्यालयलाई जेठ १२ गते छलफलका लागि उपस्थित हुन आदेश गरेको छ ।
डाकनेश्वरी नगरपालिका ९ का रामलखन यादवले अन्तरिम आदेश सहित निषेधाज्ञाको माग गर्दै दर्ता गराएको निवेदन उपर सुनुवाईका क्रममा न्यायाधिस वालेन्द्र रुपाखेतीको इजलासले विपक्षि कार्यालयलाई छलफलमा बोलाएको हो । नगरपालिका कार्यालय, वडा नं. ९ को कार्यालय र वडाअध्यक्षलाई विपक्षि वनाईएको निवेदनमा संरक्षण गर्नु पर्ने सार्वजनिक पोखरी पुर्न लागेकाले उक्त कार्य रोक्न माग गरिएको छ ।
‘निवेदन माग वमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी गर्न नपर्ने कुनै आधार, कारण र प्रमाण भए सवुद प्रमाणसहित सुचना म्याद पाएका मितिले वाटाका म्यादव वाहेक १५ दिनभित्र पिपक्षी आफै उपस्थित भई वा काुनुन वमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेश गुर्नहोला’ आदेशमा भनिएको छ ।
आदेशमा अगाडि भनिएको छ– ‘निवेदन जिकिरको पोखरी सार्वजनिक पोखरी रहेको, माटो पुर्ने कार्य गर्न लागेको भन्ने आशंका देखाई प्रस्तुत निवेदन दायर भएको देखिएकोले दुवै पक्षको छलफलवाट अन्तरिम आदेश तर्फ विचार गर्न मनासिव हुने देखिदा छलफलको निमित्त मिति २०७६ जेठ १२ को मिति तोकि विपक्षीलाई सुचना दिनु ।’ उक्त मितिसम्म निवेदन जिकिरको पोखारीमा माटो पुर्ने, भौतिक स्वरुप परिवर्तन गर्ने काम नगर्न÷नगराउन अदालतले अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।

Online Saptari

About The Author

%d bloggers like this: