Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

अग्नीसाईर कृष्णासवरनमा अति भो हात्ती आतङ्क

अग्नीसाईर कृष्णासवरनमा अति भो हात्ती आतङ्क
Bwtech New Add With Software & Bull SMS

बृजमान तामाङ
विरेन्द्र बजार, ८ जेठ । सप्तरीको अग्नीसिाईर कृष्णासवरन गाउँपालिकामा जंगली हात्तीको आतङ्कले स्थानीयवासी त्रसित भएका छन् ।
एक सातायता मध्यरातमा जंगली हात्तीको समुह गाउँमा पसेर घर तोडफोड गर्न थालेपछि स्थानीय वासी हात्ती आताङ्कले त्रसित भएका हुन् । अग्नीसाईर कृष्णासवरन गाउँपालिका र रुपनी गाउँपालिकामा मंगलवार राती हात्तीले आधादर्जन घरमा आक्रमण गरी लाखौको क्षती गरेका छन् ।
तीनवटा हात्तीको समुहले अग्नीसाईर कृष्णासवरन वडा नम्वर–२ का दिपक विश्वकर्मा, मान वहादुर तामाङ, जाकिर मियाँ, आशिष चौधरी, बलवहादुर तामाङको घर तोडफोड गरेका छन् । यस्तै रुपनी गाउँपालिका वडा नम्वर ६ का जगरुप यादव र डिक वहादुर यसमाली मगरको घर तोडफोड गरेका छन । एकहप्तादेखि हात्ती गाउँ पसेर दैनिक जस्तो दर्जनौं घर भत्काएर गरिवले दिनभर बनिबुतो गरेर घरमा भण्डारण गरेको अन्नपात खाने, नष्ट गर्ने, भाँडाकुडा किल्चेर क्षती गर्ने गरेको स्थानीयले बताएका छन् ।
मध्यरातमा एक्कासी हात्तीले घरमा आक्रमण गर्दा भागभाग गरेर ज्यान जोगाउनु पर्छ हात्ती प्रभावित क्षेत्रका भक्त वहादुर तामाङले भने ‘हात्ती आएको थाहा हुनेसाथ घरपिच्छे आगो बालरे हात्ती भपाउदै रातभर जाग्राम बस्नुपरेको छ । हात्तीले कतिबेला कुल्चेर मार्ने हो भन्ने त्रासले रातभर अनिदो बस्नुपरेको उनले दुःखेसो सुनाए । हात्ती प्रभावित क्षेत्रका वासिन्दाको ज्यान जोखिममा पर्दा समेत स्थानीय स्तरवाट समान्य राहत वाहेकका नियन्त्रणको दिगो सामाधानको पहलसम्म नगरेको स्थानीयवासीको गुनासो छ ।
‘हात्ती आउछ कि’ भनेर थाहा पाएलगतै सजग हुने भएकोले हालसम्म अप्रिय घटना नभएको तथा मानविय क्षति हुन नपाएको अग्नीसाईर कृष्णासवरन गउँपालिका वडा नम्वर २ का वडा सदस्य श्रीकुमारी चौधरीले जानकारी दिईन् । एकहप्ता देखी हात्ती गाउँमा प्रवेश गरी स्थानीयवासीलाई आतंकित पारी रहँदा पनि सम्वन्धित निकायले नियन्त्रणको प्रयासमा ध्यान नदिएको स्थानीयले गुनासो गरेका छन । हात्तीका कारण गाउँमा रातभर जाग्रामवसी सास्ती खेप्नु परेको उनीहरुले गुनासो गरेका छन् ।
दैनिकजसो हात्ती गाउँमा प्रवेश गरी घर तोडफोड, धानको भकारी उठाएर लाने, अन्नवाली खाने, किसानले लगाएको तरकारी र वालीनाली नष्ट गर्ने गरेको स्थानीय भवानी प्रसाद चौधरीले बताए । यस्तै हात्तीले सशस्त्र प्रहरी वल नेपाल सुरक्षा वेसक्याम्पसंगै जोडिएको स्वास्थ्य चौकी सितापुरमा समेत सोमवार राती तोडफोड गरेको स्वाथ्य चौकी प्रमुख हरिनारायण चौधरीले वताए । यसअघी हात्तीले घर भत्काउदा डुम्जसिंह तामाङको ९ जनाको परिवारको विचल्ली वनाएका थिए । अहिलेसम्म उनको परिवारजनको पुर्नास्थापना हुन सकेको छैन । हात्तीद्वारा वमभोल चौधरीको खेतमा लगाएका वोडिङ्ग उखालेर फ्यालेका थिए । यस्तै सोम वहादुर तमाङको भान्साघरमा तोडफोड गरेको छ भने साहाविर चौधरीको आँप बगैंचामा पाले वस्ने घर भत्काउनु साथै चामल खाएका थिए । स्थानीय वासीका अनुसार हात्ती अहिले पनि गाउँजिकैको वन क्षेत्रमा वस्दै आएका छन । आत्तीले गत मंसिरदेखि पटक–पटक सप्तरीको उत्तरी क्षेत्रमा हिंसक रुपमा प्रस्तुत भई ठूलो जनधनको क्षति गर्दा समेत सम्वन्धित निकाय भने मौन रहेको स्थानीवासिन्दाहरुको आरोप छ ।

Online Saptari

About The Author

%d bloggers like this: