• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

जहाँ सोच भए त्यहाँ शौचालय बन्छः मुख्यमन्त्री राउत

जहाँ सोच भए त्यहाँ शौचालय बन्छः मुख्यमन्त्री राउत

जनकपुरधाम, ७ जेठ । मुख्यमन्त्री लालबाबु राउतले जहाँ सोच भए त्यहाँ शौचालय बन्ने दावी गरेका छन् ।
जनकपुरधाममा मङ्गलवार आयोजित खुला दिशामुक्त अभियान सम्बन्धी कार्यशालामा बोल्दै धनुषा र महोत्तरी जिल्लालाई खुला दिशामुक्त अभियानमा सहयोग गर्नको लागि प्रदेश सरकार तयार रहेको बताए । शौचालय बनाउन सक्ने अवस्थामा नरहेको जनताको लागि प्रदेश सरकारले सार्वजनिक शौचालय निर्माण गर्न तयार रहेको बताउँदै उनले जानकारी दिए ।
धनुषा र महोत्तरी जिल्लाका पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरुको कार्यशालामा उनले प्रदेशलाई खुला दिशामुक्त घोषणा गराउन अघि बढ्नको लागि आग्रह गरे । सम्पूर्ण प्रदेशवासीको महत्वपूर्ण अभिभारा ‘खुला दिशामुक्त एवम् स्वच्छ बनाऔ, गाउँ शहर सारा’ भन्ने नाराका साथ प्रदेश खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति प्रदेश २ ले आयोजना गरेको कार्यशालामा म’ख्यमन्त्री राउतले प्रदेश सरकारले सञ्चालन गरेको स्वच्छता अभियान अन्तर्गत जिल्लाको सार्वजनिक स्थलहरुमा शौचालय निर्माण गर्न लागेको जानकारी दिए ।
धनुषा र महोत्तरीका पालिका प्रमुखहरुले आउँदो असार १५ सम्म आफ्नो पालिकालाई खुला दिशामुक्त घोषणा गर्ने प्रतिबद्धता जाहेर गरे ।