• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

परसौनीका हावाहुरी पीडित परिवारलाई राहत वितरण

परसौनीका हावाहुरी पीडित परिवारलाई राहत वितरण

राजविराज, ७ जेठ । बाराको परसौनी गाउँपालिका विनाशकारी हावाहुरी पीडित परिवारलाई राहत वितरण गरिएको छ ।
गत चैत १७ गते आएको महाविनाशकारी हावाहुरीबाट बारा र पर्सा जिल्लामा २९ जनाको मृत्यु भएको थियो भने १४ सय ५३ जनाको घर पूर्णरुपमा क्षति भएको छ । महाविनाशकारी हावाहुरी प्रभावित बाराको परसौनी गाउँपालिकाको वडा नम्वर–४ खुटवा जब्दी टोलका पीडित परिवारमा कुकर वितरण गरिएको छ गरिब निसहायको दुःख तथा आर्थिक स्थिति धेरै दयनीय रहेकोमा रिपोर्टर्स क्लब नेपाल प्रदेश नम्वर २ का कोषाध्यक्ष एवं मधेश मिडिया प्रा.लि.का अध्यक्ष रौतहट जिल्ला निवासी युवा अभियनता अभिमनु कुमार पटेलको विशेष पहलमा राहत वितरण गरिएको छ ।
हावाहुरी प्रभावित ७० परिवारलाई प्रतिपरिवारमा एउटा कुकर वितरण गरिएको पत्रकार अभिमनु पटेलले जानकारी दिएका छन् । उनले हावाहुरीले घरबारबिहीन बनेका र आफन्त गुमाएकालाई सबैले सहानुभूति र सहयोग गर्नुपर्ने बताए । पर्सा जिल्लाका प्रभावशाली अभियनता प्रकाश थारु र राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रिय सदस्य विवेक कुमार यादव लगायतको टोली राहत वितरणका लागि खुटवा जब्दी पुगेका थिए ।
सर्लाही प्रवासी सेवा समाज कतार, नेपाल नगरपालिका संघ प्रदेश नम्वर २ का अध्यक्ष तथा परोहा नगरपालिका प्रमुख शेख वकिल, प्रभाकर शाह फिलिपिन्सि, मो.मुस्ताक आलम कतार लगायत अन्य सहयोगीहरुको उपलब्ध समेत रहेको अभियन्ता पटेलले बताए । आफुले कुनै सहयोग कार्यकोलागि अभियान सुरु गर्ने बितिकै ममाथी विश्वास गरेर देश बिदेशबाट राहत दिने सहयोग गर्नेहरुलाई पटेलले धन्यवाद दिए । वडा अध्यक्ष नन्दु कुमार गुप्ता, बृजकिशोर साह, गण्डक प्रहरी चौकीका प्रमुख लगायत जनसमुदायको उपस्थितिमा सो राहत वितरण गरिएको अभियनता पटेलले जानकारी दिए ।