के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

अवैध मरिचसहित एक जना पक्राउ

अवैध मरिचसहित एक जना पक्राउ
Bwtech New Add With Software & Bull SMS

राजविराज, ७ जेठ । नेपालबाट अवैद्य रुपमा भारत निकासी हुँदै गरेको १ हजार ५ सय किलो मरिचसहित १ जनालाई सप्तरीमा प्रहरीले पक्राउ गरेको छ ।
सुनसरीबाट प्रवेश गरी सप्तरीको छिन्नमस्ता हुँदै भारत निकासी हुन लागेका मरिच हनुमाननगर कंकालिनी नगरपालिका ३ स्थित सरिफ रहमानको कवाडि पसलवाट नियन्त्रणमा लिईएको हो । मरिच बोकेको स १ ज ४४८ नम्वरको मिनि ट्रकका चालक सप्तरीको रुपनी गाउँपालिका– १ का भुपेन्द्र प्रसाद शर्मालाई प्रहरीले नियन्त्रण गरेको छ ।
सोमवार साँझ ८.३८ मा भारदह प्रवेश गरेको ट्रक प्रहरीको निगरानीपछि रातभर पुर्वपश्चिम राजमार्ग तथा आसपासका सहायक मार्गमा ओहोर–दोहोर गरेर सोमवार करिव १ वजे पुनः भारदह पुगेको थियो । प्रहरीले पिछा गरेको जानकारीपछि कवाडी पसलमा मरिच अनलोड गरेर भाग्ने क्रममा करिव १८ घण्टा पिछा गरेर गाडि र चालक नियन्त्रण गरिएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक प्रतिक विष्टले जानकारी दिएका छन् ।
मरिच, गाडि र चालकलाई आवश्यक कार्वाहीका लागि जिल्ला भन्सार कार्यालयमा बुझाउने तयारी भईरहेको प्रहरीले जनाएको छ । यसअघि गत वैशाख ६ गते पनि प्रहरीले २ हजार ५ सय किलो मरिच बोकेको को १ च ९०३९ नम्बरको पिकअप तथा चालक सुनसरीको छिटाहा ६ का २८ वर्षीय सुन्दरलाई छिन्नमस्ता गाउँपालिका ३ स्थित नेपाल–भारत सिमा क्षेत्रबाट पक्राउ गरेको थियो ।
दुवै घट्नामा एकै ब्यक्तिको संलग्ता हुनसक्ने आशंकाका आधारमा आवश्यक अनुसन्धान भईरहेको सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिएका छन् ।

Online Saptari

About The Author

%d bloggers like this: