Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

किर्ते अभियोगमा राजपाका दुई केन्द्रिय नेता जेल चलान

किर्ते अभियोगमा राजपाका दुई केन्द्रिय नेता जेल चलान
Bwtech New Add With Software & Bull SMS

राजविराज, ६ जेठ । सरकारी छाप किर्ते गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रिय सदस्यद्वय विपी यादव र हरि मण्डललाई सोमवार पूर्पक्षकालागि जेल चलान गरिएको छ ।
सप्तरी जिल्ला अदालतका न्यायधीश उमेश कोईरालाको इजलाशले उनीहरुलाई पूर्पक्षकालागि राजविराज कारागार चलान गरिएको हो । सोही अभियोगमा पक्राउ परेका पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका प्रमुख सिनियर डिभिजनल इन्जिनयर राजकुमार गोईत भने तारेखमा रिहा भएका छन् ।
डि.ई. गोईतले ४ लाख रुपैयाँ धरौटी तिरेर पुर्पक्षका लागि तारेखमा रिहा भएको जनाईएको छ । यस्तै पक्राउ परेका रुपनी गाउँपालिका–६ का रामानन्द ठाकुर र सोही ठाउँका दिलिप दाससँग अदालतले साढे दुई लाख धरौटी माग गरिएको छ ।
बैसाख ५ गते पक्राउ परेका छिन्नमस्ता गाउँपालिका मोहनपुर निवासी यादव पूर्वसासंद समेत हुन्। उनी रातो पासपोर्ट दुरुपयोग काण्डमा पनि मुछिएका थिए। राजगढ गाउँपालिका ३ नर्घो निवासी अर्का केन्द्रीय सदस्य मण्डल स्थानीय शान्ति समितिका पूर्व संयोजक हुन् ।
प्रदेश नम्वर २ सरकारद्वारा अग्निसाइर कृष्णसवरण गाउँपालिका वडा नं. २ र ३ मा सञ्चालित विकासीय योजनाको रकम निकाल्न त्यहाँका प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्र यादव, २ नम्बर वडाध्यक्ष पशुपति चौधरी र ३ नम्बर वडाध्यक्ष अरुणकुमार चौधरीको छाप किर्ते गरेको आरोपमा प्रहरीले सबैलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।
प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट अग्निसाइर कृष्णासवरण गाउँपालिका–२ र ३ का सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत योजनाको २५ लाख रुपैयाँ निकाल्न किर्ते उपझोक्ता समिति गठन तथा छाप समेत किर्ते गरेको प्रहरीले जनाएको छ ।

Online Saptari

About The Author

%d bloggers like this: