Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

बङ्लादेशी राजदुत साम र प्रदेश प्रमुख कायस्थ बीच शिष्टाचार भेंट

बङ्लादेशी राजदुत साम र प्रदेश प्रमुख कायस्थ बीच शिष्टाचार भेंट

जनकपुरधाम, ५ जेठ । प्रदेश नम्वर २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ र नेपाल स्थित बङ्लादेशका राजदुत मासफी बिन्ते साम बिच शिष्टाचार भेटवार्ता भएको छ ।
आइतबार करिब २५ मिनेट भएको सो भेटवार्ताका क्रममा राजदुत सामले दुई देश बिचका समसामयिक बिषयमा कुराकानी गर्नुभएको निजी सचिवालयले जनाएको छ । उक्त भेंटका क्रममा राजदुत सामले दुई देश बिचको बर्तमान अवस्थामा भईरहेको पर्यटन, ब्यापार तथा यसको प्रवद्र्धन र आपसी हितका बिषयमा कुराकानी भएको छ ।
भेंटका क्रममा राजदुत सामले दुई देशको कृषि तथा सिंचाईको विषयमा कुराकानी गर्दै दुई देशको अन्तर सम्बन्ध तथा समृद्ध बनाउन के गर्न सकिन्छ भन्ने कुरामा छलफल गरेका छन् । कुराकानीकै क्रममा राजदुत सामले बङ्लादेशमा नेपाली सामानहरुलाई त्यहाँ नागरिकहरुले निक्कै रुचाएको प्रतिक्रिया दिएका छन् ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।