Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

हात्तीले घर तोडफोड गरेपछि तामाङ परिवारको विचल्ली

हात्तीले घर तोडफोड गरेपछि तामाङ परिवारको विचल्ली

बृजमान तामाङ
विरेन्द्र बजार, ५ जेठ । सप्तरी अग्नीसिाईर कृष्णासवरन गाउँपालिका वडा नम्वर २ चौफालमा शनिवर मध्यरातमा जङ्गली हात्तीले घर तोडफोड गरेपछि एक तामाङ परिवार विचल्लीमा परेका छन् ।
मध्यान्ह १२ बजे आएको हात्तीको समुहले घर तोडफोड गरेपछि स्थानीय डुब्जसिंह तामाङको परिवार विचल्लीमा परेका हुन् । हात्तीले घर भत्काएपछि तामाङको ९ जनाको परिवार खुल्ला आकासमुनी पाल टाँगेर रात काट्न बाध्य छन् । हात्तीले तानेर घरको सवै खाम्बाखुट्टा भाँचेर घर लडेर थिच्ने डरले घर बाहिर बस्न बाध्य पारेको पीडित तामाङले बताए ।
घरका सबै सुतेको बेला हात्तीले घरमा आक्रमण गरेको सुनाउँदै तामाङले बल्ल–बल्ल बालबालिका सहित सवै परिवार भागेर ज्यान वचाउन सफल भएको बताए । हात्तीले भाँडाकुडा, मकै, वाकास, दराज, टिभी, टेवुल र घर समेतमा आक्रमण गर्दा २ लाख भन्दा माथिको क्षति पु¥याएको तामाङले जानकारी गराए ।
यस्तै सोही वडा स्थित कंकालिनी टोलका चन्द्रकान्त चौधरीको घर, तरकारी बालीमा आक्रमण गर्दा १ लाख वरावरको क्षति गरेको छ । राती तीनवटाको सङ्ख्यामा आएको हात्तीको समुहले धानको भकारी, घरको जस्तापाता, घेरावेरा र तरकारीवाली पुर्ण रुपले क्षती गरेको पीडित चौधरीले जानकारी दिए ।
हात्ती आएको थाहा पाएलगतै प्रहरी, स्थानीयवासीले धपाएपछी मानवीय क्षति हुन नपाएको स्थानीय वमभोल चौधरीले बताए । एकहप्तादेखि हात्ती गाउँमा प्रवेश गरी स्थानीयवासीलाई आतंकित पारीरहँदा समेत सम्वन्धि निकायले नियन्त्रणको प्रयासमा ध्यान नदिएको स्थानीयले गुनासो गरेका छन् ।
हात्तीका कारण गाउँमा रातभर जाग्रामवसी सास्ती खेप्नु परेको उनीहरु दुःखेसो सुनाउँछन् । दैनिकजसो हात्ती गाउँमा प्रवेश गरी घर तोडफोड, अन्नबाली खाने, किसानले लगाएको तरकारी र बालीनाली नष्ट गर्ने गरेको स्थानीय हरि नारायण चौधरीले जानकारी दिए । हात्तीले वमभोल चौधरीको खेतमा लगाएको वेडिङ्ग उखालेर फ्यालेका छन्् । यस्तै सोम वहादुर तमाङको भान्साघरमा तोडफोड गरेको छ भने साहाविर चौधरीको आँप वगैचामा पाले बस्ने घर भत्काउनुका साथै चामल खाएर दुःख दिने गरेको स्थानीयले जानकारी गराएका छन् । उनीहरुका अनुसार हाल हात्ती अग्नीसाईर मन्दिर क्षेत्र आसपासमा बस्दै आएको छ ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।