के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

सप्तरी जिल्ला बारमा डोमनको नेतृत्वमा प्यानलै विजयी

सप्तरी जिल्ला बारमा डोमनको नेतृत्वमा प्यानलै विजयी
Bwtech New Add With Software & Bull SMS

राजविराज, ३ जेठ । सप्तरी जिल्ला बार एसोसिएसनको शुक्रवार सम्पन्न निर्वाचनको मतगणना परिणाम अनुसार अध्यक्ष पदमा अधिवक्ता डोमन साह निर्वाचित भएका छन् ।
प्रगतीशिल पेशागत मधेशी आदिवासी, जनजाती तथा समावेशी समूहबाट उनीसहित प्यानलै निर्वाचित भएका छन् । अध्यक्ष पदमा साहले ५१ मत प्राप्त गरी विजयी भएका हुन् भने निकटतम् प्रतिद्वन्द्वी अधिवक्ता महेश्वर साहले ३२ मत प्राप्त गरेका छन् । समितिको उपाध्यक्षमा महेन्द्र प्रसाद देव ४८, सचिवमा ओमप्रकाश यादव ४९ र कोषाध्यक्षमा शंकर कुमार मिश्रले ४५ प्राप्त गरी विजयी भएका छन् । सदस्यमा रामनरेश दास ५०, शम्भु कुमार यादव ५३, इन्द्रकान्त चौधरी ४५, सुरेश कुमार सिंह ५० र शिवनारायण यादव ५७ मत प्राप्त गरेका छन् ।
यसैगरी सोही प्यानलबाटै केन्द्रीय पार्षदमा केशरलाल खङ्ग ५७, कर्मचन्द चौधरी ४८, उमेशनाथ शरण ४९, वीरवहादुर कडारी (सागरवीर कडारी) ५४ मत प्राप्त गरी विजयी भएका छन् । स्वतन्त्र पेशागत कानूनव्यवसायी समूहबाट केन्द्रीय पार्षदमा अधिवक्ता कमल कुमार यादवले ५७ मत प्राप्त गरी विजयी भएका छन् । यसअघि प्रगतीशील पेशागत समूहबाटै कार्यसमितिको सह–सचिवमा रंजिता रिजाल र महिला सदस्यमा ममता कुमारी चौधरी निर्विरोध निर्वाचित भएकी छिन् ।
स्वतन्त्र पेशागत कानूनव्यवसायी समूहबाट उपाध्यक्षमा लोकनाथ यादव ३५, सचिवमा ध्रुवकुमार मण्डल ३३, कोषाध्यक्षमा वीरेन्द्र प्रसाद चौधरीले ३८ मत प्राप्त गरेका छन् । सदस्यमा लवेन्द्र प्रसाद देव वैद्यनाथ चौधरी, वीरेन्द्र प्रसाद चौधरी तथा पार्षदमा भोजराज शर्मा र रामप्रसाद चौधरीले उम्मेदवारी दिएका थिए । तस्विर सौजन्यः सागरवीर कडारी

Online Saptari

About The Author

%d bloggers like this: