Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

डिआइजी पालद्वारा प्रहरी चौकी भवन उद्घाटन

डिआइजी पालद्वारा प्रहरी चौकी भवन उद्घाटन
Bwtech New Add With Software & Bull SMS

खगेन्द्र कार्की / फत्तेपुर, ३ जेठ । सप्तरीको सप्तकोसी नगरपालिका–१ फत्तेपुरमा निर्माण भएको प्रहरी चौकी भवनको शुक्रबार प्रदेश नम्वर– २ का प्रदेश प्रहरी प्रमुख हरि बहादुर पालले उद्घाटन गरेका छन् ।
प्रहरी चौकीको आफ्नै नाममा रहेको २ कठ्ठा १६ धुर जग्गामा दुइतल्ले पक्की भवनमा २ थुनुवा कोठा सहित ७ कोठे भवन निर्माण गरि निर्मित भएको भवन निर्माण अझंै अधुरो अवस्थामै भए पनि उद्घाटन गरिएको छ । जिल्ला प्रहरी कार्यालयबाट अनुदान १३ लाख ४४ हजार सप्तकोसी नगरपालिकाबाट अनुदान १३ लाख र स्थानीय संघ–सस्था ब्यक्तिहरुबाट २ लाख ४४ हजार ६ सय २५ रुपैयाँ सहयोग र जनश्रमदान २ लाख ६० हजार गरि कुल ३८ लाख ६० हजार ३ सय २४ रुपैयाँ सहयोग जुटाएर निर्माण सम्पन्न गरिएको निर्माण समितिका अध्यक्ष अशोक कुमार चौधरीले जानकारी दिएका छन् ।
२०६९ सालमा निर्माण कार्य शुरु गरिएयता पनि आर्थिक अभावका कारण समय मा भवन निर्माण सम्पन्न गर्न नसकिएको चौधरीले बताए । २०१२ साल मा स्थापना भएको फत्तेपुर प्रहरी चौकी भवन को अभाव मा स्वास्थ चौकी को बर्थिङ सेन्टर को भवन को सहायता लिएर बस्दैआएको थियो। नबनिर्मित भवन निर्माण सम्पन्न अधुरै अबस्था मा रहेका ले प्रदेश प्रहरी प्रमुख पाल र प्रदेश न २ का प्रदेशसभा सदस्य सत्यनारायण मण्डलले भवनको निर्माण कार्य सम्पन्न गर्न सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
सप्तकोसी नगरपालिका का नगर प्रमुख उत्तम कुमार शर्माको अध्यक्षता तथा प्रदेश प्रहरी प्रमुख हरि बहादुर पालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, कञ्चनरुप नगरपालिकाका नगर प्रमुख वसन्त मिश्र, नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष जितेन्द्र खड्गा, जिल्ला जनस्वास्थ्य प्रमुख निरन्जन यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

Online Saptari

About The Author

%d bloggers like this: