• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

परीक्षार्थीको उत्तरपुस्तिकामा लेखिदिने महिला शिक्षक पक्राउ

परीक्षार्थीको उत्तरपुस्तिकामा लेखिदिने महिला शिक्षक पक्राउ

राजविराज, १ जेठ । राष्ट्रिय परीक्षा बोर्डद्वारा संचालन भईरहेको कक्षा ११ को परिक्षामा मर्यादा विपरित काम गरेको आरोपमा एक शिक्षिका पक्राउ परेकी छिन् ।
राजविराज स्थित राजदेवी ठाकोदेवि जोगेन्द्र भगत मावि परीक्षा केन्द्रवाट प्रहरीले सोही परीक्षा केन्द्रकी निरीक्षक विभा यादवलाई पक्राउ गरिएको हो । सिरहाको सुखिपुर नगरपालिका ९ घर भएकी उनी ३५ वर्षिया यादव सोही विद्यालयमा कार्यरत छिन् ।
परीक्षा समाप्त भएपछि कार्यालयमा लगेर विद्यार्थीको उत्तरपुस्तिकामा उत्तर लेखिरहेको पाईएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । सिम्बल नं. ६१५०००२४ को उत्तरपुस्तिका निकालेर उत्तर लेखिरहेको अवस्थामा यादव पक्राउ परेको सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिएका छन् । इन्ट्रोडक्सन टु एजुकेसन विषयको परीक्षाको उत्तरपुस्तिकामा उनले लेखिरहेकै अवस्थामा पक्राउ परेकी थिईन् ।
प्रहरी उपरीक्षक विष्टका अनुसार यादवलाई परीक्षाको मर्यादा विपरीतको कसुरमा कारवाही सुरु गरिएको छ । यसअघि कक्षा १२ को परीक्षामा मोबाइल फोनमार्फत चिट चोरीमा सहभागी भएको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउपर्नेमा एक शिक्षक र तीनजना विद्यार्थी थिए ।
मोबाइल फोनको प्रयोग गरी ‘इमो’ मार्फत चिट चोरिरहेको पाईएपछि सप्तकोसी नगरपालिकास्थित गोवद्र्धन वैरागी जनता उच्च माध्यमिक विद्यालयका शिक्षक प्रदीपकुमार चौधरी तथा सोही विद्यालयका विद्यार्थी दीपेश सरदार, रामप्रसाद हुमागाईं र रञ्जितकुमार मण्डललाई पक्राउ गरिएको थियो ।