के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

झञ्झटिलो सेवाले भ्रष्टाचार संस्थागतः मुख्यमन्त्री राउत

झञ्झटिलो सेवाले भ्रष्टाचार संस्थागतः मुख्यमन्त्री राउत
Bwtech New Add With Software & Bull SMS

जनकपुरधाम, ३१ वैशाख ३१ । प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतले सेवा प्रवाहको झञ्झटिलो प्रक्रियाले भ्रष्टाचार संस्थागत हँुदै गएको टिप्पणी गरेका छन् ।
उच्च स्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको आयोजनामा जनकपुरमा सम्पन्न प्रशासकीय न्याय, सकारात्मक सोच र सेवा विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दैैै उनले यस्तो बताएका हुन् । सेवाग्राहीहरु झन्झटिलो प्रक्रियालाई थेग्न नसकेपछि घुस दिएर काम गराउने गरेको पाईएकोले सेवा प्रवाहको प्रक्रियालाई जनमुखी र व्यवहारिक बनाउनुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री राउतले भ्रष्टाचारको अन्त्यको शुरुवात माथिबाटै हुनुपर्नमा जोड दिँदै भ्रष्टाचार अन्त्यको शुरुवात आफैबाट गरिनुपर्ने बताए । माथिल्लो निकायबाटै भ्रष्टाचार अन्त्यको शुरुवात भए मात्र भ्रष्टाचार नियन्त्रण गर्न सकिने उनले तर्क गरे । नियम र कानून बनाएर भ्रष्टाचार अन्त्य गर्न नसकिने दावी गर्दै उनले यसका लागि आफ्नै छातीमा हाथ राखेर अघि बढनुपर्ने उल्लेख गरे ।
नियम कानून मिचेर गरिएको कर्मचारी समायोजनले प्रदेश र स्थानीय तहमा आएको कर्मचारीहरुमा आतंक सृजना गर्ने कार्य गरेको उनले दावी समेत गरे । जनकपुर उच्च अदालतका मुख्यन्यायधिश हरि पोखरेलको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा मधेशी आयोगका अध्यक्ष डा. विजय दत्त, उच्च स्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिका अध्यक्ष काशिराज दहाल, प्रदेश सभा सदस्य, प्रमुख जिल्ला अधिकारी प्रदिप कनेल लगायतले मन्तव्य व्यक्त गरे ।

Online Saptari

About The Author

%d bloggers like this: