• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
प्रहरीद्वारा अवैध मटर बरामद

पर्सा, ३१ वैशाख । वीरगंज महानगरपालिका–१७ अलौबाट १०६ बोरा अवैध मटर प्रहरीले बरामद गरेको छ ।
तस्करहरुले भन्सार छली चोरी निकासी गरी नेपालबाट भारततर्फ मटर (केराउ) निकासी गरी रहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर पर्सा र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा अवैध मटर बरामद गरिएको हो । वीरगञ्ज महानगरपालिका–१७ अलौमा १५–१६ जनाले टाउकोमा बोकेर अवैध मटर (केराउ) भारततर्फ लैजादै गरेको अवस्थामा प्रहरी टोलीलाई हेर्नासाथ सोही स्थानमा फाली फरार भएकोले उक्त परिमाणको मटर बरामद गरी आवश्यक कारवाहीको लागि बीरगञ्ज भंसार कार्यालय पर्सामा पठाईएको प्रहरी निरीक्षक (मधु नेपालले जानकारी दिएका छन ।