• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राप्रावि बेल्हा तिलेबोनामा लाखौंको चोरी

खाजा कार्यक्रम बन्द, बालबालिकालाई भोकै पढाई
राप्रावि बेल्हा तिलेबोनामा लाखौंको चोरी

विरेन्द्र बजार, ३१ वैशाख । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्वर ४ स्थित राष्ट्रिय प्राथामिक विद्यालय वेल्हा तिलेवोनामा सोमवार लाखौको चोरी भएको छ ।
विद्यालयमा कोही नभएको मौका छोपी झ्याल र ढोकाको चाबी फोरेर विद्यार्थीको दिवा खाजा कार्यक्रमको सामग्री सहित एक लाख रुपैयाँ बराबरको सरसामान चोरी भएको हो । चोरहरुले फर्निचर, कागतपत्र, तेल, डाल्डा, चना, च्यूरा, भूजा, मैदा, वेसन, नुन, मरमसलासहित वालवालिकाको दिवा खाजा कार्यक्रमको सम्पुर्ण सामग्री समेत गरी करिब १ लाख रुपैयाँ बराबरको सरसमान चोरी गरेको विद्यालयका प्रधानाध्याक तारणी प्रसाद चौधरीले जानकारी दिएका छन् ।
बालबालिकाको खाजा सामाग्री चोरी भएपछि बालबालिकालाई खाजा खुवाउन कठिनाई भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोक कुमार चौधरीले जानकारी दिएका छन् । विद्यालयमा आयश्रोत नहँुदा बालबालिकालाई चाहेर पनि खाजा खुवाउन नसकी भोकभोकै कक्षाकोठामा राख्नुपर्ने बाध्यता रहेको उनले बताए ।
पुर्व–पश्चिम लोकमार्गदेखि करिब सय मीटर र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेसक्याम्प सितापुरको दुई सय मीटरको दुरीमा रहेको विद्यालयमा पटक—पटक चोरी हुँदा समेत चोर पत्ता लाग्न सकेको छैन । उक्त विद्यालयमा सोमवार राती समेत गरेर तेश्रो पटक चोरी भएको स्थानीय अभिभावकहरुले जानकारी गराएका छन् ।