• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

‘धार्मिक तथा सांस्कृतिक सम्पदा संरक्षणमा प्रदेश सरकार प्रतिपद्ध’

‘धार्मिक तथा सांस्कृतिक सम्पदा संरक्षणमा प्रदेश सरकार प्रतिपद्ध’

जनकपुरधाम, ३० वैशाख । प्रदेश नम्वर–२ का मुख्यमन्त्री लालबाबु राउतले धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको संरक्षणमा प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
जानकी नवमीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले राष्ट्रिय विभूति माता जानकीको जन्मोत्सवलाई राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्ने भए पनि संघीय सरकारले विदा नदिएपछि प्रदेश सरकारले विदा दिएर प्रादेशिक पर्वको रुपमा अघि सारेको बताए । माता सिताको जन्म प्रसङ्ग चर्चा गर्दै मुख्यमन्त्री राउतले त्रेता युगमा राजा जनकले प्रजाको हितको लागि हलो समेत चलाएर महान कार्य गरेकोले उक्त कार्यबाट नेताहरुले प्रेरणा लिनुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री राउतले प्रदेश नम्वर २ को विकासको मुल आधार रहेको धार्मिक पर्यटनको विकासको लागि प्रदेश सरकारले प्रदेश भित्रका धार्मिक महत्वका सबै मठ मन्दिरको संरक्षण सम्वद्र्धनमा आगाडि बढेको जानकारी गराए । यसै आर्थिक वर्षभित्र सम्पन्न हुने गरी जानकी मन्दिर सौन्दर्यीकरणको काम शुरु भएको र आगामी आर्थिक वर्षमा प्रदेशभित्रका अन्य धार्मिक स्थलहरुको सौन्दर्यीकरणको काम शुरु गरिने जानकारी गराए । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रपति विद्या देवी भण्डारीले प्रदेश सरकारको बेटी पढाउ बेटी बचाउ कार्यक्रमको प्रशंसा समेत गरेको छ ।