• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

हावाहुरी पीडितकालागि प्रदेश नम्वर १ सरकारबाट एक करोड

हावाहुरी पीडितकालागि प्रदेश नम्वर १ सरकारबाट एक करोड

जनकपुरधाम, ३० बैशाख । बारा–पर्साको हावाहुरी पीडितको लागि प्रदेश नम्वर १ को सरकारले घोषणा गरेको एक करोड सहयोगको चेक सोमवार हस्तान्तरण गरेको छ ।
प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राइले प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतलाई राहत रकमको चेक हस्तान्तरण गरेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश नम्वर १ का मुख्यमन्त्री राईले हावाहुरीले निम्त्याएको विपदमा प्रदेश नम्वर १ ले सानो सहयोग गरेर प्रदेश नम्वर २ को विपतमा हामी सबै एकजुट रहेको सन्देश दिएको बताए ।
कार्यक्रममा प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नम्वर १ को सहयोग प्रति आभार व्यक्त गर्दै देश संघीय संरचनामा गएपछि प्रदेश प्रदेश बीचको सहकार्य र सम्बन्धमा मजबुत बनाउने आधार प्रारम्भ भएको बताए । बारा पर्सामा चैत्र १८ गते आएको हावाहुरी २९ जनाको मृत्यु भएको थिया भने करोडौको धनमालको क्षति भएको थियो ।