• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

एभिन्यूजको अन्तर्वार्तामा अपमानजनक व्यवहारः समाजवादी पार्टी

एभिन्यूजको अन्तर्वार्तामा अपमानजनक व्यवहारः समाजवादी पार्टी

राजविराज, ३० वैशाख । समाजवादी पार्टी नेपालका अध्यक्ष तथा उप–प्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई एभिन्यूज टेलिभिजनमा अन्तर्वार्ताका क्रममा अपमानजनक व्यववहार भएको भन्दै पार्टीले भत्र्सना गरेको छ ।
पार्टीका उप–महासचिव प्रकाश अधिकारी सोमवार प्रेस विज्ञप्ति जारी गर्दै अन्तरर्वार्तामा भएको व्यवहारको भत्र्सना गरेका हुन् । आइतवार राती ९.०० बजे प्रशारण हुने लाइभ अन्तर्वार्तामा पत्रकार आचारसंहिता विपरित सोधिएका प्रश्न र प्रस्तोताको पूर्वाग्रही प्रस्तुतिप्रति पार्टीले गम्भीर आपत्ति जनाएको छ ।
पत्रकारिता जगतको नै मानमर्दन हुनेगरी अपमानजनक ढङ्गले उप–प्रधानमन्त्री यादवमाथि भएको दुव्र्यवहारको घोर निन्दा गर्दै पार्टीले सम्वन्धित सबै पक्षको ध्यानाकर्षण गराएको छ । प्रेस स्वतन्त्रताको पक्षमा वकालत गर्दैआएका अध्यक्ष यादवसहित पार्टीले प्रेसलाई सम्मान गर्दैआएको उप–महासचिव अधिकारीद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।
एभिन्यूज टेलिभिजनको कार्यालयमा भएको दुःखद घटनालाई लिएर उत्तेजित नहुन र अवाञ्छित गतिविधी नगरी संयमित रहन पार्टी पंक्ति एवम् कार्यकताहरुलाई निर्देशन दिईएको छ । पत्रकारिताको आचरण विपरित प्रवृतिलाई निरुत्साहित गर्न र पत्रकारिता जगतलाई मर्यादित बनाउन सञ्चारगृह, सञ्चारकर्मी, प्रेस काउन्सिल सहित मिडियालाई नियमन गर्ने सम्पूर्ण निकायहरुलाई पार्टीले अपील गरेको छ ।