के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

बाढीबाट महत्वपूर्ण सामान जोगाउन बोरा वितरण

बाढीबाट महत्वपूर्ण सामान जोगाउन बोरा वितरण
Bwtech New Add With Software & Bull SMS

राजविराज, २९ वैशाख । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा २ ओटा वडाका १ हजार ५ सय बाढीपीडित परिवारलाई सुख्खा खाद्यान्न राख्ने वाटरप्रुफ बोरा वितरण गरेका छन् ।
गाउँपालिकाको वडा नम्वर–४ स्थित सशस्त्र प्रहरी बेश क्याम्प अगाडि आइतवार आयोजित समारोहमा प्रमुख अतिथि प्रदेश नम्बर २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले वाटरप्रुफ बोरा उपलब्ध गराइएको छ । बाढी प्रभावित क्षेत्रका वासिन्दाहरुलाई बाढी र डुबानको समयमा अति प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
वर्तमान अवस्थामा रहेका ३ वटै तहकै सरकारमध्ये स्थानीय सरकारले गाउँपालिका सबै वडाका गरिब, दलित लगायत जनताकालागि स्थानीय तह सबैखाले सेवा सुविधा दिने भएकाले सरकारप्रति विश्वास राख्न व्यक्त गरे । तिलाठी कोइलाडी गाउँपालिकाद्वारा आयोजित कार्यक्रममा उक्त सामग्री अमेरिकामा बस्ने नेपालीहरुको सहयोग र सेक्रोमेन्टो नेपलीज लायन्स क्लबद्वारा संकलित रकमबाट ल्याएको उक्त बोरा तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ र ५ का बाढीपीडितलाई वितरण गरिएको छ ।
पहिलो चरणमा अति प्रभावित क्षेत्रका परिवारहरुलाई उक्त बोरा वितण गरिएको र गाउँपालिकाका अन्य बाढी प्रभावित परिवारहरुलाई समेत बोरा उपलब्ध गराउने व्यवस्था मिलाइरहेको गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिए । बाढी आएको बेला उक्त बोरामा ६० केजीसम्म राखिने खाद्यान्न सामग्री पानीबाट सुरक्षित रहने उनले बताए ।
स्मरण रहोस् गतवर्ष कोशी नदीमा आएको बाढीले उक्त गाउँपालिकामा झण्डै ६ सय घर डुवान भई लाखौं क्षति भएका थिए । उक्त गाउँपालिकाको वडा नम्बर १ तिलाठीमा स्थानीयहरुले जग्गा समस्या अझ समाधान गर्न नसक्दा त्यस क्षेत्रमा खाँडो नदी नियन्त्रण आयोजनाले तटबन्ध निर्माणको काम सुरु गर्न सकेको छैन । जसका कारण आउने वर्षायाममा बाढीबाट ठूलो क्षति हुन सक्ने सम्भावना यथाबतै छ ।

Online Saptari

About The Author

%d bloggers like this: