के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

सोह्र बुँदे मागसहित सप्तरीका पत्रकारहरुले प्रमलाई पठाए ज्ञापन–पत्र

सोह्र बुँदे मागसहित सप्तरीका पत्रकारहरुले प्रमलाई पठाए ज्ञापन–पत्र
Bwtech New Add With Software & Bull SMS

राजविराज, २९ वैशाख । सप्तरी र सिरहा जिल्लाका मिडियाहरुले विगत ९ महिना तथा अन्य जिल्लाका पत्रिकाहरुले पुस महिनादेखि लोककल्याणकारी विज्ञापन वापतको भुक्तानी हालसम्म नपाएको भन्दै संघर्ष समितिले प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठाएका छन् ।
लोककल्याणकारी विज्ञापनको भुक्तानीकालागि गठित संघर्ष समितिमार्फत सप्तरीका मिडियाकर्मीहरुले आइतवार निमित प्रमुख जिल्ला अधिकारी आनन्द ठाकुर मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाएका हुन् । उक्त ज्ञापनपत्र संघर्ष समितिका संयोजक श्यामसुन्दर यादवले वाचन गरी निमित्त प्रजिअ ठाकुलाई बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै उनले तत्कालै सरोकारवाला निकायहरुमा पठाउने प्रतिवद्धता समेत समेत गरेका छन् ।
भुक्तानीका लागि पटक–पटक सरोकारवाला निकायहरुमा जानकारी गराउँदा पनि हालसम्म सुनुवाई हुन नसकेको भन्दै ज्ञापन–पत्रमा भनिएको छ ‘सप्तरी–सिरहाका पत्रिकाहरु कहाँ बुझाउने भन्ने विषयमा समेत अन्यौलता छ, यावत समस्याका वावजुद पनि स्थानीय मिडियाहरुले आफ्नो दायित्व वहन गर्दैआएको जानकारी गराउँन चाहन्छौं ।’ संघ, प्रदेश र स्थानीय सरकार लगायत सवै निकायको कामकार्वाहीहरु निर्वाध सञ्चालन भईरहेको अवस्थामा पत्रिकाको भुक्तानी रोकेर साना मिडियालाई बन्द गर्ने नियतकासाथ सरकार अगाडि बढेको ज्ञापन–पत्रमा उल्लेख छ ।
हरेक राजनीतिक परिवर्तनहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका मिडिया तथा पत्रकारहरुलाई लगाम लगाउने नियतले नै विधेयक ल्याएइको विषयमा कुनै दुविधा नरहेको भन्दै संघर्ष समितिका संयोजक यादव र सचिव नविन गुप्ताद्वारा हस्ताक्षरित विज्ञप्ति अगाडि भनिएको छ ‘प्रेस स्वतन्त्रतामाथि नै अंकुश लगाउने गरि ल्याईएको मिडिया विधेयक अविलम्व फिर्ता लिन माग गर्दै नेपाल पत्रकार महासंघले आह्वान गरेको हरेक संघर्षका कार्यक्रममा हाम्रो साथ र सहभागिता रहने प्रतिवद्धता ब्यक्त गर्दर्छौ ।’
यसका साथै स्थानीय पत्रिका र पत्रकारले भोगीरहेका समस्याको समाधानका लागि सरकारलाई अविलम्व ध्यान दिन आग्रहसहित मागहरु अघि सारिएको छ । सप्तरी, सिरहासहित प्रदेश नम्वर २ अन्तर्गतका जिल्लाहरुबाट प्रकाशित पत्रिकाहरुको हालसम्मको लोककल्याणकारी विज्ञापन वापतको भुक्तानी एकसाताभित्र उपलब्ध गराईनुपर्ने, प्रत्येक जिल्लाका हुलाक कार्यालयहरु मार्फत सो जिल्लाबाट प्रकाशित पत्रिका र बिल बुझ्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ ।
जिल्ला हुलाक कार्यालयहरु मार्फत नै मासिक रुपमा लोककल्याणकारी विज्ञापन प्रकाशन वापतको भुक्तानी पत्रिकाको खातामै उपलब्ध गराईनुपर्ने, पाँच जनासम्म पत्रकार तथा कामदार कार्यरत स्थानीय तथा साना लगानीका स्वरोजगारमूलक मिडियाहरुको हकमा श्रमजिवी पत्रकार ऐन कार्यान्वयनलाई बाध्यकारी नबनाउन समेत आग्रह गरिएको छ । स्वरोजगारमूलक मिडियाहरुलाई थप सबलीकरण गर्न सरकारको तर्फबाट विशेष सुविधाको प्रबन्ध मिलाईयोस् ।
साना लगानीका स्थानीय मिडियाहरुलाई कर छुटको व्यवस्था, संघ, प्रदेश र स्थानीय तहमा साना मिडिया लगानी कोषको स्थापना गरी मिडियालाई सञ्चार उपकरण एवम् साधनमा आवश्यकता अनुसार अनुदान एवम् सुलभ ऋणको सुविधा मिलाईनुपर्ने, स्थानीय एफ.एम.हरुको अवस्था समेत जर्जर हुँदैगएकोले लोककल्याणकारी विज्ञापन उपलब्ध गराई मासिक रुपमा भुक्तानीको व्यवस्था मिलाईनुपर्ने,
प्रदेश सरकारको सूचना एवम् गतिविधिहरुमा स्थानीय मिडियाहरुको पहुँच नरहेकोले जिल्लाहरुको समेत प्रतिनीधित्व रहने गरी प्रदेश स्तरीय विज्ञापन प्राधिकरण गठन गरी समानुपातिक रुपमा सम्पूर्ण मिडियाहरुलाई विज्ञापन उपलब्ध गराईनुपर्ने, कुनै पनि सञ्चारमाध्यममा कार्यरत पत्रकारहरु विरामी परेमा वा अंगभंग भएमा निःशुल्क उपचार तथा लामो समयसम्म पत्रकारिता गरेका पत्रकारहरुलाई निवृतिभरणको व्यवस्था मिलाउन माग गरिएको छ । पत्रकारिता गर्दाकै अवस्थामा पत्रकारको मृत्यु भएमा वा अशक्त भएमा बालबच्चाको निःशुल्क शिक्षादिक्षा र भरणपोषणको प्रबन्ध मिलाइनुपर्ने, प्रदेश सरकारले स्थानीय मिडिया तथा त्यसमा कार्यरत पत्रकारहरुको सरक्षण सम्वद्र्धन एवम् विकास गर्न विशेष योजना ल्याई ठोस कदम चाल्न आग्रह गरिएको छ ।
देशका विभिन्न जिल्लामा रहेका क्षमतावान ज्येष्ठ पत्रकारहरुलाई सरकारले सम्भाव्यता अध्ययन एवम् अनुसन्धानसहित बौद्धिक कार्यहरुमा उपयोग गरिनुपर्ने, स्थानीय तहहरुले आफ्ना सूचना, सन्देश तथा आयव्यय लगायतका गतिविधिहरु अनिवार्य रुपमा स्थानीय मिडियाहरुलाई उपलब्ध गराईनुपर्ने, नेपाल पत्रकार महासंघ साना मिडिया लगानीका मिडिया हक हित तथा संरक्षण समितिद्वारा रौतहटको चन्द्रनिगाहपुरमा आयोजित कार्यक्रमबाट वैशाख ७ गते जारी १५ बुँदे चपुर घोषणापत्र अविलम्ब कार्यान्वयन गर्न संघर्ष समितिले माग गरेको छ । संघर्ष कार्यक्रम अन्तर्गत आइतवार प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठाईएको छ । ज्ञापन–पत्रमा मुख्यमन्त्री, सञ्चारमन्त्री, नेपाल पत्रकार महासंघ, सूचना विभाग, प्रेस काउन्सिल, नेपाल पत्रकार महासंघ शाखा समेतलाई बोधार्थ दिईएको छ ।
कार्यक्रममा वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, नेपाल पत्रकार महासंघका प्रदेश नम्वर २ का सचिव रामनारायण विश्वास, प्रदेश सदस्य ललिता साह, महासंघका कोषाध्यक्ष शुभचन्द्र झा, पत्रकारहरु सुरेन्द्र प्रसाद गुप्ता, मनोहर कुमार पोखरेल, अधिकारकर्मी शम्भुनन्द चौधरी, शाखा सप्तरीका पदाधिकारीसहित विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।
जेठ १ गते नेपाल पत्रकार महासंघ शाखा कार्यालय अगाडिबाट दवाव र्याली परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि सांकेतिक विरोध प्रदर्शन गर्ने तथा सप्तरी सिरहासहित प्रदेश अन्तर्गतका नेपाल पत्रकार महासंघ सहित विभिन्न सङ्गठन एवम् मिडियाहरुसँग समन्वय गरी जनकपुरधाम स्थित मुख्यमन्त्री कार्यालय अगाडि विरोध कार्यक्रम आयोजना गर्ने तय गरिएको छ । आफुहरुको समस्या समाधान नभए प्रदेश अन्तर्गतका जिल्लाहरुसँग समन्वय गरी थप सशक्त संघर्षका कार्यक्रमहरु अगाडि बढाउने जनाईएको छ ।

Online Saptari

About The Author

%d bloggers like this: