• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मिथिला साहित्यक कला प्रतिष्ठानमा नयाँ कार्यसमिति

मिथिला साहित्यक कला प्रतिष्ठानमा नयाँ कार्यसमिति

राजविराज, २८ वैशाख । मिथिला साहित्य कला प्रतिष्ठानको पहिलो साधारणसभा राजविराज स्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयमा शनिवार सम्पन्न भयो ।
साधारण सभाको बन्द शत्रले श्रीराम कुमार मण्डलको अध्यक्षतामा कार्यसमिति गठन गरिएको छ । समितिका उपाध्यक्षमा रवेन्द्र मडर ‘रवि’, सचिवमा विद्यानन्द यादव, सह–सचिवमा सुभाष प्रसाद यादव र कोषाध्यक्षमा किरण देवी झा रहेका छन् ।
सदस्यमा शम्भुप्रसाद यादव, कन्चन झा, ललिता झा, तेजनारायण यादव, गजेन्द्र कुमार राय, हरेराम राय, धीरेन्द्र कुमार मण्डल र कृष्ण कुमार खङ्ग सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानका निवर्तमान अध्यक्ष देवेन्द्र मिश्र, करुणा झा र रमिला साह सम्मिलित निर्वाचन समितिले कार्यसमितिले सर्वसम्मत कार्यसमिति चयन गरेको छ ।
मिश्रको अध्यक्षतामा आयोजित साधारणसभा साहित्यकार करुणा झाको प्रमुख आतिथ्यमा आयोजना गरियो । प्रतिष्ठानका सचिव विद्यानन्द वेदर्दीद्वारा सञ्चालित उक्त कार्यक्रममा मैथिली साहित्य परिषद्का सचिव श्यामसुृन्दर यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । सोही कार्यक्रममा विरेन्द्र सप्तरीया, सुषमा झा, तेजु मैथिल लगायतले गायन तथा रचना प्रस्तुत गरे ।