Top_Header_Right_Add

‘देखैमे ब्युटी छी कहबो कोना’ म्युजिक भिडियो सार्वजनिक

‘देखैमे ब्युटी छी कहबो कोना’ म्युजिक भिडियो सार्वजनिक

राजविराज । मैथिली गीत सङ्गीतको क्षेत्र केही समययता एकपछि अर्को म्युजिक भिडियोहरु निर्माण हुने क्रम बढ्दैगएको छ ।
पछिल्लोपटक शुक्रवार ‘देखैमे ब्युटी छी कहबो कोना’ बोलको मैथिली गिती म्युजिक भिडियो रिलिज भएको हो । ‘जिन्दगी शनिवार’ नामक यू–ट्युब च्यानलबाट उक्त भिडियो सार्वजनिक गरिएको छ । चर्चित मैथिली गायक सन्नु कुमारको सुमधुर स्वरमा सजिएको उक्त गीतमा सरोज आर्यन यादव र लजिना सुवेदीले मोडलिङ्ग गरेका छन् ।
म्युजिक भिडियोको निर्देशन चर्चित मोडेल डा. अशोक आर्यन यादव र सन्तोष मण्डलले निर्देशन गरेको छन् । सङ्गीत संयोजन शैलेन्द्र विश्वकर्माले गरेका छन् । सप्तरी जिल्लाकै विभिन्न प्राकृतिक एवम् मनोरम स्थलहरुमा छायाङ्कन गरिएको म्युजिक भिडियोमा शब्द रचना सन्तोष मण्डलको रहेको छ । सम्पादन एवम् छायाङ्कन ं रणधीर श्रेष्ठले गरेका छन् । उक्त म्युजिक भिडियोले स्तरीयतालाई कायम राख्दै दर्शकहरुको मन जित्न अग्रसर देखिएको छ ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer