• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सर्पको टोकाईबाट बालिकाको मृत्यु

राजविराज, २५ वैशाख । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्वर–५ बनरझुलाका रन्जित कुमार रायको ९ महिनाकी छोरी प्रिया कुमारी रायको सर्पको टोकाईबाट मृत्यु भएको छ ।
दिनेश कुमार राय(ठुलो बुबा)को घर आङ्गनमा खेल्ने क्रममा दुलोभित्र दाहिने हात हाल्दा बिषालु सर्प गोमनले टोकेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।