• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सारेगमपमा सफता चुम्न प्रितम आचार्यको कसरत

राजविराज, २४ वैशाख । भनिन्छ गीत सङ्गीतले कतिबेला कसलाई कहाँ पु¥याउँछ, ठम्याउनै मुस्किल । ११ वर्षकै उमेरमा गायकीले करोडौं मानिसको हृदयमा आफुलाई राख्न सफल हुन्छ, शायदै कसैले कल्पना गरेको हुन सक्छ?
एक हरफ सापटीले लिएर भन्दा–‘गीत संगीतलाई नत कुनै भूगोलले नै छेक्छ, नत कुनै परिस्थितिले नै ।’ अन्तर्रािष्ट्रयस्तरका ठुल्लठुला कलाकारमा बालकको चर्चा चुलिएपछि ती हरफ पनि पुष्टि हुन जान्छ । सन्दर्भ बालगायक प्रितम आर्चायको हो । सारेगमप लिटिल च्याम्प्स सन् २०१९ संस्करणमा उनी अब्बल प्रतिस्पर्धी हुन् । भारतको प्रतिष्ठित टेलिभिजन जीटीभीको प्रसिद्ध बाल रियालिटि शो सारेगमपमा उनी उत्कृष्ट ११ मा पर्न सफल छन् ।
‘लेभल टु’ मा सेलेक्ट भएपछि प्रितम स्टुडियो राउण्डको लागि मुम्बई गएका थिए । ‘कलिङ्ग राउण्ड’ र ‘मेगा अडिसन’ हुदै उनीहरू टप ११ मा पर्न सफल भएका हुन् । भारत भरका २० हजार भन्दा बढी बालप्रतिभाहरूलाई उछिन्दै उनी यस चरणमा पुगेका छन् । गत फेब्रुअरी ९ बाट आरम्भ भएको शोमा यसअघि लुदियानाको मुनसिपल करर्पोरेशन इण्डोर स्टेडियमबाट सुरु भएको उत्कृष्ट १० प्रतिष्पर्धी छनोटका लागि उनी प्रस्तुती दिइरहेका छन् । उत्कृष्ट १० मा छानिन उनी कडा मेहनतका साथ लागि परेका छन् ।
हालसम्म शोका जर्ज रहेका गायिका ऋचा शर्मा तथा गायकद्वय शान तथा अमाल मल्लिक प्रितमको गायकीबाट प्रभावित नै छन् । तर, उत्कृष्ट १० पछि भोटिङ्ग राउण्ड सुरु हुने भएकोले सवैलाई सहयोग गर्न प्रितमले अपिल गरेका छन् । प्रदेश नम्वर १ सनुसरी इटहरी उपमहानगरपालिका स्थित खाद्य गोदामका प्रितम विस २०६५ सालमा जन्मेका थिए । काशीराम आर्चाय र राधिका आर्चायका सन्तान प्रितम हाल इटहरीकै विश्व आर्दश स्कुलमा कक्षा ६ मा अध्ययनरत छन् । उनीसँगै अर्को प्रतिभावान बालगायक आयुष केशी पनि सारेगमपमा सहभागी छन् ।