Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

फोरम र नयाँ शक्ति पार्टी बीच एकीकरण

समाजवादी पार्टी नेपालको घोषणा
फोरम र नयाँ शक्ति पार्टी बीच एकीकरण

राजविराज, २३ वैशाख । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल बीच औपचारिक रुपमा एकता भई समाजवादी पार्टी नेपालको सोमवार घोषणा भएको छ ।
काठमाण्डौमा आयोजित भव्य समारोहका बीच समाजवादी पार्टी नेपालले संघीय परिषद्को घोाषणा गरेको हो । संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराई र कार्यसमिति अध्यक्षमा उपेन्द्र यादव रहेका छन् भने सह–अध्यक्षमा राजेन्द्र श्रेष्ठ रहेका छन् । पार्टीको वरिष्ठ नेतामा अशोक राईलाई चयन गरिएको छ । केन्द्रिय समितिमा आठ जना उपाध्यक्षको नाम सार्वजनिक गरिएको छ । पार्टीका उपाध्यक्षहरुमा नवराज सुवेदी, पर्शुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणु कुमारी यादव, हिसिला यमी, लालबाबु राउत र हेमराज राई चयन भएका छन् ।
पार्टीको महासचिवमा गंगानारायण श्रेष्ठ, रणध्वज कन्दङ्वा, रामसहाय यादव, उपमहासचिवमा डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा, प्रकाश अधिकारीलाई चयन गरिएको छ । यसैगरी पार्टीको सचिवमा इस्तियाक राई, दुर्गा सोम, प्रशुराम बस्नेत र प्रशान्त सिंह, कोषाध्यक्षमा विजय यादवको नाम सार्वजनिक गरिएको छ ।
स्रो वरीयतामा अशोक राई वरिष्ठ नेताको रुपमा छन् । त्यसैगरी सहअध्यक्षमा राजेन्द्र श्रेष्ठ र उपाध्यक्षहरूमा नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, लालवावु राउत, हिसिला यमी र हेमराज राई छन् ।
महासचिवहरूमा गङ्गानारायण श्रेष्ठ, रणध्वज कङ्दङ्वा र रामसहाय यादव तथा उप–महासचिवहरूमा डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा, प्रकाश अधिकारी रहेका छन् । यसैगरि सचिवहरूमा मो. इस्तियाक राइन, दुर्गा शोव, परशुराम बस्नेत, प्रशान्त सिंह र कोषाध्यक्षमा विजय यादव रहेका छन् । पार्टीको केन्द्रीय सदस्यहरुको नामावली भने तय नभईसकेकोले सार्वजनिक नगरिएको जनाईएको छ ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।