• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

वडास्तरीय क्रिकेटको ट्रफीमाथि वडा नम्वर ३ को कब्जा

वडास्तरीय क्रिकेटको ट्रफीमाथि वडा नम्वर ३ को कब्जा

राजविराज, १९ वैशाख । राजविराज नगरपालिका वडा नम्वर ५ को आयोजना तथा लायन्स क्रिकेट एकेडेमीको आयोजनामा सञ्चालित वडा स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्वर ३ ले वडा नम्वर ४ लाई ४६ रनले पराजित गर्दै उपाधिमाथि लगातार दोश्रो बर्ष कब्जा गरेको छ ।
विहिवार सम्पन्न फाइनल खेलमा वडा नम्वर ३ ले टस जितेर पहिलो ब्याटिङ्ग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ४ बिकेटको नोक्सानीमा १ सय ६६ रन बनाए । वडा नम्वर ३ का लागि अमित यादवले आर्कषक ब्याटिंग गर्दै ५६ बलमा ७ चौक्का र २ छक्काको मद्दतले नटआउट रहि ७० रनको योगदान दिए । अमितसँगै विकास दासले नटआउट रहि २८ रनको योगदान दिए ।
यसैगरि प्रशान्त राई २४, अविनाश कर्ण १६ तथा प्रशान्त दासले ११ रनको योगदान दिएका थिए । बलिंग तर्फ वडा नं. ४ का तर्फबाट उपेन्द्र रायले २ तथा चित्र बहादुर बिष्टले १ बिकेट लिए । १ सय ६७ रनको लक्ष्य लिई मैदानमा ओर्लेको वडा नं. ४ का खेलाडिहरु १८ ओभर ४ बलमा सम्पुर्ण बिकेट गुमाई १ सय २० रनमै समेटिएको थियो ।
वडा नम्वर ४ का लागि पप्पु यादव २५, महवुव आलम २४, चित्र बिष्ट १९, उपेन्द्र राय १५, रेवति राय ११ तथा रोशन साहले १० रनको योगदान दिए । बलिङ्गतर्फ रोबिन सिंह र बिशाल मण्डलले सामान २ बिकेट लिए भने विकास दास र कारी झाले सामान १ विकेट लिए ।
खेलको म्यान अफ द म्याच वडा नम्वर ३ को तर्फबाट उत्कृष्ट ब्याटिंग गर्ने अमित यादवलाई ट्रफी तथा प्रमाण पत्रद्वारा सम्मान गरियो । प्रतियोगिता अन्र्तगत उत्कृष्ट ब्याटिङ्ग गरे वापत वडा नम्वर ५ का विवेक यादवलाई बेष्ट ब्याटसम्यान तथा वडा नम्वर ३ का अमित यादवलाई म्यान अफ द सिरजको पुरस्कार प्रदान गरियो । बिजेता तथा उपबिजेता खेलाडिहरुलाई राजबिराज नगरपालिकाका प्रमुख शम्भु यादव, उपप्रमुख साधना झा, राजबिराज नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष सुर्दशन सिंह, वडा नम्वर ५ का वडा अध्यक्ष समिर झा, सप्तरी क्रिकेट संघका सचिव आयुश श्रेष्ठ, वडा नम्वर ५ का वडा सदस्य गंगा सागर गुप्ता, समाजसेवी सुशील मण्डल, टेक बहादुर आले लगायतले ट्रफी, नगद तथा प्रमाण पत्र वितरण गरे । कार्यक्रम सञ्चालन पवन दासले गरे ।