• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

राजविराजमा मैथिली भोजपुरी स्टार धमाका सांस्कृतिक कार्यक्रम

राजविराजमा मैथिली भोजपुरी स्टार धमाका सांस्कृतिक कार्यक्रम

राजविराज, १७ वैशाख । मधेशको पृष्ठभूमीमा निर्माण गरिएको मैथिली फिल्म मिसन मधेशको प्रोमोसन कास्टिङ्ग तथा मैथिली भोजपुरी स्टार धमाका सांस्कृतिक कार्यक्रम वैशाख २० गते आयोजना हुने भएको छ ।
दिनाभद्री फिल्म प्रोडक्सन लहान प्रालिद्वारा बैशाख २० गते सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको हो । राजविराज नगरपालिकाको सभाहलमा मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा मिसन मधेश फिल्मका निर्माता मुकेश कर्णले मधेश आन्दोलन, दलितजनजाती उपर हुने अत्याचार, दमन, हत्याहिंसा, भेदभाव तथा मधेशमा बढदै गएको महिला हिंसा र बलात्कार जस्ता विकृतिको बिरूद्धमा आधारित ऐतिहासिक कथा बस्तुमा आधारित भएर फिल्म निर्माण गरिएको जानकारी दिए ।
राजविराज स्थित राजरंगशालाको मैदानमा आयोजना हुन लागेको सांस्कृतिक कार्यक्रममा भोजपुरी सिनेमाकी सुपरस्टार हिरोइन, काजल राघवानी, चर्चित मोडेल ममता पंडित, कशिस दाहाल, समिता गिरी, अर्जुनकान्त यादव, अन्जु यादव, सन्नु कुमार, रंजित शर्मा लगायत कलाकारद्वारा मनोरञ्जन गराईने आयोजक समितिका कर्ण जानकारी दिए । दिनाभद्री फिल्म प्रोडक्सन लहान प्रा. लि.को आयोजना हुन लागेको उक्त कार्यक्रम आयोजना हुन लागेको छ ।
राजविराज स्थित राजरङ्गशालामा आयोजना हुन लागेको सांस्कृतिक कार्यक्रम तथा मधेश मिसन फिल्मको प्रोमोसन कार्यक्रममा सहभागी भई कार्यक्रम सफल बनाउन आयोजक समितिले आग्रह गरेको छ । जनकपुरका तबलावादक शम्भु कर्णको दुबै किडनी फेल भएकोले उनको उपचारमा सहयोग गर्ने उद्देश्यले समेत च्यारिटी शो आयोजना गरिएकोे कलाकार अरूणकान्त यादवले जानकारी दिएका छन् ।