के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

स्वास्थ्य विज्ञान प्रतिष्ठान नर्सिङ्ग कलेज’ भवन शिलान्यास

मेडिकल कलेज स्थापना हुनेमा अब शंका नगरौंः उप–प्रम यादव
स्वास्थ्य विज्ञान प्रतिष्ठान नर्सिङ्ग कलेज’ भवन शिलान्यास
Bwtech New Add With Software & Bull SMS

राजविराज, १५ वैशाख । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले कतिपय अभिभावकहरु मदिराको कुलतमा फँसेको तथा भविष्यका कर्णधारहरु समेत विग्रिदै गईरहेकोले गम्भीर बन्न सप्तरीवासीसँग आग्रह गरेका छन् ।
सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल हाताभित्र निर्माण हुन लागेको ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान नर्सिङ्ग कलेज’ भवनको आइतवार शिलान्यास गर्दै उनले यस्तो आग्रह गरेका हुन् । देशमै सप्तरी जिल्लाको पृथक एवम् गौरमय इतिहास रहेको चर्चा गर्दै विभिन्न कारणले केही समययता शाखमा कमी आउँदै गएको भन्दै उनले चिन्ता व्यक्त गरे ।
‘कतिपय अभिभावकहरु मदिराको कुलतमा फँसेका छन् भने उता भविष्यका कर्णधारहरु समेत उचित अभिभावकत्व नपाएर विग्रिदै गईरहेका छन् उप–प्रधान तथा स्वास्थ्यमन्त्री यादवले भने ‘धुम्रपान, मद्यपान एवम् गुटखाजन्य पदार्थहरुको सेवन लत छाडेर जिम्मेवार बन्नु आवश्यक छ ।’ विगत केही समययता जिल्लामा विभिन्न कारणले आत्महत्याका घटनाहरु बढेकोप्रति चिन्ता व्यक्त गर्दै उप–प्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवले वालवालिकालाई उचित शिक्षादिक्षा एवम् संस्कारयुक्त शिक्षा दिन आग्रह गरे ।
वर्षभरी पढाएर पनि चिट चोरी गराएर विद्यार्थी पास गराउने मास्टरको काम नरहेको भन्दै डाक्टर, इन्जिनियर जे भएपनि क्षमतावान जनशक्ति आवश्यक रहेको उनले बताए । चिट चोरेर पास गर्ने विद्यार्थीवाट त्यो आश गर्न नसकिने बताउँदै उपप्रधानमन्त्री यादवले भने ‘प्रहरी प्रमुखले एक–दुई जना मास्टर पक्राउ गर्नु पर्नेछ भन्दै हुनुहुन्थ्यो, यो भन्दा दुःखदायी अवस्था के हुनसक्छ ?, त्यसैले परीक्षालाई ब्यवस्थित गर्न र चिट प्रवृत्तिलाई निरुत्साहित गर्नु जरुरी छ ।
सप्तरीमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नर्सिङ्ग कलेज, प्रसुति गृह लगायत स्वास्थ्यसँग सम्वन्धित विशिष्ठ संरचना तयार भईरहेको जानकारी दिँदै उनले शिक्षा र स्वास्थ्यका क्षेत्रमा अहिले पनि सुधार गर्नुपर्ने धेरै कुरा बाँकी रहेको बताए । राजविराजमा रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुनेमा शंका नगर्न समेत उनले आग्रह गरे । उनले राजविराजको मुहार फेर्ने गरी विभिन्न योजनाहरु सञ्चालन हुनलागेकोले अबको पाँचवर्षभित्र राजविराजको कायापलट हुने विश्वास व्यक्त गरे ।
राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य एवम् योजना तथा अर्थ समितिका सभापति मनिस कुमार सुमन, प्रदेश सभा सदस्य नेत्रविक्रम साह, तिलाठी कोइलाडि गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह, नेकपाका केन्द्रीय सदस्य महेश यादव, राष्ट्रिय जनता पार्टी नेपालका अमरनाथ मण्डल, अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दास लगायतले मन्तव्य व्यक्त गरे ।
यसै आर्थिक वर्षमा ७ करोड २५ लाखको लागतमा निमार्ण सम्पन्न हुने भवनका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ४ करोड लगानी गरिएको छ भने वाँकी रकम स्वास्थ्य मन्त्रालयले ब्यहोर्ने जनाईएको छ ।

Online Saptari

About The Author

%d bloggers like this: