• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

फोरमको जिल्ला अध्यक्षमा केदार निर्वाचित

फोरमको जिल्ला अध्यक्षमा केदार निर्वाचित

राजविराज, १२ वैशाख । संघीय समाजवादी फोरम नेपाल जिल्ला समवन्य समिति सप्तरीको जिल्ला अध्यक्षमा केदार प्रसाद यादव निर्वाचित भएका छन ।
यादव सेवा सदन राजविराजमा विहिवार सम्पन्न मतदानमा १५ मतको फराकिलो अन्तरले उनी जिल्ला सवन्य समितिको अध्यक्ष पदमा निर्वाचित भएका हुन् । यादवले ३४ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी भिमराज यादवले १९ मत मात्र प्राप्त गरे ।
कुल ५४ मतदातामध्ये ५३ जनाले मतदान गरेका थिए । प्रत्येक स्थानीय तहबाट १ जना महिला सहित ३ जना जिल्ला समवन्य समिति प्रतिनीधि हुने प्रावधान अनुसार १८ पालिकावाट गरी कूल ५४ जना मतादाता रहेकोमा ५३ जनाले मतादान गरेको निर्वाचन अधिकृत समेत रहेका तराई मधेश प्रदेश समितीका मुख्य सचिव शम्भु झाले जानकारी दिएका छन् । उनका अनुसार पालिकावाट जिल्ला समवन्य समितीमा प्रतिनिधि सवै सदस्य रहने तथा अध्यक्ष छनौट भएपछि सोही समितिले सदस्यहरु मध्येबाट पदाधिकारी छनौट गरिनेछ ।
अध्यक्षका लागि निवर्तमान जिल्ला सचिव केदार प्रसाद यादव, राजविराज नगर समितिका अध्यक्ष समेत रहेका भिमराज यादव, नेता लक्षमण यादव र चित्तरन्जन यादवले उम्मेदवारी दर्ता गराएका थिए । लक्षमण र चित्तरन्जन यादवले नाम फिर्ता लिएपछि केदार र भिमराज यादव चुनावी मैदानमा उत्रिएका थिए । कुल ५४ प्रतिनिधि मध्य ज्येष्ठ सदस्य सियावती देवी यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रीय उपाध्यक्ष एवम प्रदेश नम्वर २ का अध्यक्ष रेणु यादव, केन्द्रीय सदस्यहरुमा चित्त नारायण यादव, विनोद चौधरी, अशोक कुमार यादव, रमाकान्त चौधरी, जगदेव यादव, केन्द्रीय सल्लाहकार सुमन चौधरी, जिल्ला अध्यक्ष दिनेश यादव, जिल्ला ईन्चार्ज सत्यनारायण यादव, प्रदेश नेता र जिल्ला सचिवालयका पदाधिकारीहरुको समेतको उपस्थिति थियो ।