Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

वडास्तरीय क्रिकेट प्रतियोगितामा वडा नम्वर ३ को विजयी शुरुवात

वडास्तरीय क्रिकेट प्रतियोगितामा वडा नम्वर ३ को विजयी शुरुवात
Bwtech New Add With Software & Bull SMS

राजविराज, ११ वैशाख । राजविराज नगरपालिका वडा नम्वर ५ को प्रायोजन तथा लायन्स क्रिकेट क्लवको आयोजनामा सञ्चालित दोश्रो वडा स्तरीय क्रिकेट प्रतियोगिता अन्र्तगतको पहिलो खेलमा वडा नम्वर ३ ले वडा नम्वर ४ लाई ५ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ ।
पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको क्रिकेट मैदानमा सञ्चालित प्रतियोगिता अन्र्तगतको पहिलो खेलमा वडा नम्वर ४ ले टस जितेर पहिलो ब्याटिङ्ग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ७ विकेटको नोक्सानीमा १ सय १९ रन मात्र बनाउन सफल भए । वडा नम्वर ४ का लागि किर्तिमानी खेलाडि महवुव आलमले १५ बलमा २ चौक्का र २ छक्काको मद्धतले २३ तथा राहुल मण्डल र अमिर खानले क्रमशः २० र १६ रनको योगदान दिए भने सुभाष साह र सुरेश मुखिया क्रमश ः २१ र १० रनमा नटआउट रहेका थिए ।
बलिङ्गतर्फ वडा नम्वर ३ को तर्फबाट अमित यादवले घातक बलिंग गर्दै ४ ओभरमा २२ रन दिई महत्वपुर्ण ४ बिकेट लिएका थिए भने राज राय, रोबिन सिंह र बिकास दासले सामान १ बिकेट लिए । १ सय २० रनको लक्ष्य लिई मैदानमा ओर्लेको वडा नं. ३ ले १७ ओभर ४ बलमा ५ बिकेटको नोक्सानीमा सजिलै खेल आफनो पक्षमा पार्न सफल भए । वडा नम्वर ३ का लागि प्रशान्त राईले २९ बलमा १ चौक्का र १ छक्काको मद्धतले ३५ तथा अमित यादवले १७ रनको योगदान दिए भने अमित दास र रोहित सिंह क्रमशः २७ र २२ रनमा नटआउट रहे । बलिङ्गतर्फ वडा नं. ४ का महवुव आलम २ तथा अनिल यादव, रोशन साह, राहुल मण्डल र रेवति रायले सामान १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच उत्कृष्ट बलिंग गरे वापत वडा नं. ३ का अमित यादव घोषित भए ।
प्रतियोगिता अन्र्तगत नै बिहान राजबिराज नगरपालिकाका प्रमुख शम्भु यादवले रिवन काटेर प्रतियोगिताको उदघाटन गरे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, उपप्रमुख साधना झा, नेपाली सेनाका प्रमुख सेनानी गुप्त बहादुर कुवर, शसस्त्र प्रहरीका प्रहरी उपरीक्षक खेमबहादुर थापा, नेपाल प्रहरीका प्रहरी उपरीक्षक राजेन्द्र बिष्ट लगायतको उपस्थिति थियो । कार्यक्रममा वडा नम्वर ५ का वडा सदस्य गंगासागर गुप्ताले स्वागत मन्तव्य व्यक्त गरे । कार्यक्रमको अध्यक्षता वडा नम्वर ५ का वडा अध्यक्ष समिर झाले गरेका थिए भने सञ्चालन क्रिकेटर पवन दासले गरे ।
प्रतियोगिता अन्र्तगत बिहिवार हुने पहिलो खेल वडा नम्वर ७ ले वडा नम्वर ८ विरुद्ध खेल्नेछन् भने दोश्रो खेल वडा नं. २ ले वडा नम्वर ९ विरुद्ध खेल्ने जनाईएको छ ।

Online Saptari

About The Author

%d bloggers like this: