• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मिस्टर एण्ड मिस ग्रेस एसईइ प्रतियोगिता
विराटनगर, ११ वैशाख । छात्रछात्राहरुमा रहेको अन्तनिहित प्रतिभालाई प्रष्फुटन गराउने उद्देश्यले विराटनगरमा मिस्टर एण्ड मिस ग्रेस एसईइ प्रतियोगिता हुने भएको छ ।
ग्रेस इभेन्टको आयोजनामा एसईइ परिक्षा दिएर बसेका छात्रछात्राहरुका लागि सो प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा सहभागीताको विराटनगर स्थित रेस्टुरेन्ट लँज एण्ड बारमा अडिशन सकिएको छ । अडिशनबाट ६० जना छात्रछात्राहरुलाई छनोट गरिएको छ । एसइई दिएर फुर्सदमा बसेका छात्रछात्राहरुभित्र रहेको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार प्रतियोगितामा फरक खालका पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताका विजेताले आफ्नो परिवारसहित मनाङ र मुस्ताङ भ्रमण (टुर) मा व्यवस्था गरिएको छ । यसैगरि फस्ट रनरअपले सौराहा र सेकेन्ड रनरअपले त्रिशुली नदीमा परिवारसहित र्याप्टिङ्गमा जान पाउने व्यवस्था गरिएको छ । अन्य सवै सहभागीलाई नुवाकोटको ककनिमा एक रातको क्याम्प फायर गर्न पाउने जनाएको छ ।