• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

नेकपाको जिल्ला अध्यक्षमा अमर तथा सचिवमा गोबिन्द

नेकपाको जिल्ला अध्यक्षमा अमर तथा सचिवमा गोबिन्द

राजविराज, ९ वैशाख । नेकपा एमाले र नेकपा माओवादी एकिकरण भई निर्माण भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बल्ल पार्टीका जिल्ला अध्यक्ष तथा सचिवहरुको चयन गरेको छ ।
एकिकरण भएको लगभग वर्षपछि जिल्ला अध्यक्ष र सचिवहरुको चयन गरी सावैजनिक गरिएको हो । पार्टीको आइतबार सम्पन्न बैठकले गरेको निर्णय अनुसार सप्तरीको अध्यक्षमा अशोक कुमार मण्डल तथा सचिवमा गोबिन्द न्यौपानेलाई चयन गरिएको छ । अध्यक्षमा चयन भएका मण्डल नेकपाका केन्द्रीय सदस्य एवम् पूर्व सांसद हुन् । सचिवको जिम्मेवारी पाएका न्यौपाने यस अघि नेकपा एमाले अध्यक्ष थिए । हाल उनी प्रदेश नम्वर २ का सांसद हुन् ।
नेकपाले भागबन्डासहित विघटित एमाले र माओवादी केन्द्रका ८ जना केन्द्रीय सदस्य जिल्ला कमिटीको सचिवमा घटुवा भएका छन् । विगतमा जिल्ला नेतृत्व गरिरहेकाहरुलाई नै अध्यक्ष र सचिवमा राख्ने निर्णय गरेपछि उनीहरु घटुवामा परेका छन् ।
यसरी घटुवामा पर्ने नेताहरुमा केन्द्रीय सदस्य हिमाल शर्मा, शालिकराम जमरकट्टेल, दधिराम न्यौपाने, गोपी अछामी, श्रवण यादव, डाचाराज वाग्ले, युवराज भट्टराई र दावा तामाङ रहेका छन् । नेकपाले ७७ जिल्ला मध्ये ४५ मा एमाले र ३२ मा माओवादी केन्द्रका अध्यक्ष हुने सहमति गरेको थियो । एमालेको अध्यक्ष भएको जिल्लामा माओवादी केन्द्र पक्षको सचिव हुने सहमति थियो । उक्त सहमति अनुसार विगतमा जिल्लाको नेतृत्व गरेर केन्द्रीय सदस्य बनेकाहरुलाई पुनः जिल्ला सचिवको जिम्मेवारी पाएका छन् ।