Top_Header_Right_Add

पन्ध्र बुँदे चन्द्रपुर घोषणा–पत्र जारी गर्दै साना मिडिया सम्मेलन सम्पन्न

पन्ध्र बुँदे चन्द्रपुर घोषणा–पत्र जारी गर्दै साना मिडिया सम्मेलन सम्पन्न

रौतहट, ७ वैशाख । रौतहटको चन्द्रपुरमा प्रदेश नम्वर २ अन्तर्गतका जिल्लाहरुमा कार्यरत साना मिडियामा कार्यरत पत्रकारहरुको भेलाले १५ बुँदे घोषणापत्र जारी गरेको छ ।
‘साना लगानीमा सञ्चार माध्यमको प्रवद्र्धनमा स्थानीय तहको भूमिका’ विषयक प्रदेशस्तरीय कार्यक्रम पश्चात उक्त घोषणापत्र जारी गरेको हो । नेपाल पत्रकार महासंघ रौतहट शाखाको संयोजन तथा नेपाल पत्रकार महासंघ केन्द्रीय समिति अन्तर्गत साना लगानी मिडिया हकहित तथा संरक्षण समितिद्वारा आयोजना गरिएको कार्यक्रममा पत्रकारहरुको व्यापक बहस एवम् छलफल पश्चात जारी गरिएको घोषणापत्रमा मिडिया, कार्यरत पत्रकार तथा सेवासुविधाको विषयवस्तुहरु समावेश गरिएको छ ।
स्थानीय तहले साना लगानीका पत्रपत्रिकाको प्रवद्र्धन गर्न नियमित रुपमा क्षमता अभिवृद्धि तालिम सञ्चाल गराउनु पर्ने, स्थानीय तहले स्थानीयस्तर बाट सञ्चालित मिडियाहरुमा प्राथमिकता साथ विज्ञापन र सूचना उपलब्ध गराउनुु पने, लोककल्याणकारी विज्ञापनलाई दोब्बर गर्नुपर्ने, सिरहा, सप्तरी लगायत जिल्लामा सरकारले उपलब्ध गराउन बाँकी रहेकाजिल्लाहरुलाई अविलम्ब उपलब्ध गराउनुपर्ने माग गरिएको छ । समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयन हुनुपर्ने, साना लगानीबाट सञ्चालित मिडियालाई प्रविधिमैत्री बनाउनुपर्ने, साना लगानीबाट सञ्चालित मिडिया सम्वद्र्धन गर्न तीनै तहमा छुट्टा–छुट्टै मिडिया कोष स्थापना, प्रत्येक जिल्लाको प्रतिनीधित्व हुनेगरी प्रदेशस्तरीय विज्ञापन प्राधिकरण स्थापना हुनुपर्ने, जिल्ला हुलाक कार्यालयहरु मार्फत स्थानीय पत्रपत्रिकाहरुको अभिलेखिकरण तथा लोकल्याणकारी विज्ञापन उपलब्ध गराउने व्यवस्था हुनुपर्ने लगायतका विषयवस्तु घोषणापत्रमा समावेश गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले साना लगानीका पत्रिका र उक्त पत्रिकामा लेख्ने पत्रकार वास्तविक पत्रकार रहेको भन्दै सरकारले समुचित संरक्षण गर्नुपर्नेमा जोड दिए । उक्त अवसरमा सूचना तथा प्रसारण विभागका महानिर्देशक बालकृष्ण घिमिरे, प्रनितनिधिसभा सदस्य अनिल कुमार झा, प्रदेश २ का भौतिक पूर्वाधार तथा व्यवस्था राज्य मन्त्री डिम्पल झा, प्रेस काउन्सिलका सदस्य गोविन्द चौलागाँई, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिवद्वय शीतल महतो, रामप्रसाद दाहाल, केन्द्रीय सदस्यहरु सुुरेश यादव, गोपाल बराइली, अवधेश झा, देवकुमार यादव, शैलेन्द्र झालगायतको सहभागिता रहेको थियो ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer